स्वावलम्बन केन्द्रद्वारा सहयोग

आदर्श समाज सम्वाददाता
असाेज ६, २०७९
Kendra help

पोखरा । स्वावलम्बन जीवनपद्धति केन्द्र पोखराले अपांगता भएका बालबालिका अध्ययनरत स्रोत कक्षाको स्तरोन्नतिका लागि सामग्री हस्तान्तरण गरेको छ ।

ह्यान्डिक्याप इन्टरनेसनल र विश्व शिक्षासँगको साझेदारी तथा युएसएआइडीको आर्थिक सहयोगमा कास्की जिल्लामा सञ्चालित ‘सबैका लागि पढाइ कार्यक्रम’ परियोजनाअन्तर्गत पोखराका ३ विद्यालयलाई अपांगता भएका बालबालिकाहरुको सिकाइ वातावरण सुधार गर्ने उद्देश्यले सामग्री हस्तान्तरण गरिएको हो ।

पोखरा १२ स्थित अमरसिंह मावि, पोखरा १० स्थित कुँडहर आधारभूत विद्यालयका दृष्टिविहीन विद्यार्थी र पोखरा ३३ स्थित सरस्वती टीका माविका बौद्विक अपांगता भएका विद्यार्थीका लागि करिब ७ लाख मूल्य बराबरको सामग्री हस्तान्तरण गरिएको केन्द्र अध्यक्ष हेमबहादुर गुरुङले बताए ।

स्मार्ट टिभी, राउन्ड टेबल, पि फोम म्याट्रेस, जुट कार्पेट, वाटर प्युरिफायर, सिलिङ पंखा, स्टिल दराज, कुसन, शिक्षण सिकाइ तथा खेल सामग्रीलगायत २० प्रकारका सामग्रीहरू प्रदान गरिएको छ । पोखरा महानगरपालिकाकी उप–प्रमुख मञ्जुदेवी गुरुङले ती सामग्री विद्यालयलाई हस्तान्तरण गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • टुँडिखेलमा ऐतिहासिक दसैं मेला

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा । राष्ट्रिय मावि, पोखराको व्यवस्थापनमा पुरानो टुँडिखेलमा ऐतिहासिक दसैं मेला हुने भएको छ । स्थानीयको आवश्यकता र आर्थिक बिनिमय…
  • जनप्रियमा शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा । दसैंतिहार लगायत पर्व अवसरमा जनप्रिय बहुमुखी क्याम्पस, पोखराले शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको छ । शुभकामना मन्तव्य…
  • लेकसाइडमा मिनी सडक महोत्सव

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान), पोखराको आयोजनामा असोज ११ मा लेकसाइडमा मिनी सडक महोत्सव–२०७९ आयोजना गरिने भएको…
  • प्रमुखज्यूसँग भेटघाट : समस्या सुनाउँदै, आशावादी बन्दै

    धनबहादुर गुरुङ असाेज १०, २०७९
    पोखरा । पोखरा १५ की देवकी विक प्रसन्न मुद्रामा न्युरोडस्थित पोखरा महानगरपालिका कार्यालयको प्रांगणमा भेटिइन् । मेयर धनराज आचार्यलाई आफ्नो…
  • पोखरा फोटोग्राफर संघको तालिम

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा । पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको आयोजनामा स्टुडियो पोट्रेट, स्ट्रोब एन्ड स्पिड लाइटिङ तालिम भएको छ । संघमा आवद्ध…

hero news full width