खेलकुद पत्रकारिता तालिम

आदर्श समाज सम्वाददाता
असाेज ६, २०७९
Training Ending Photo

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित गरी आयोजित प्रदेशस्तरीय खेलकुद पत्रकारिता तालिम बुधबार सकिएको छ ।

राखेपको आयोजना र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको संयोजनामा २ दिनसम्म चलेको तालिमको समापनमा प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले तालिमले खेल पत्रकारितामा रुचि राख्ने पत्रकारको दक्षता अभिवृद्धि हुने बताए । यसबाट राष्ट्रिय खेलकुद प्रतियोगितासम्बन्धी गतिविधिलाई आमसर्वसाधरणमाझ पुर्‍याउन सञ्चारकर्मीबाट सहज हुने विश्वास व्यक्त गरे । ३९ वर्षपछि पोखरामा हुन लागेको प्रतियोगितामा गण्डकी प्रदेशले भब्यताका साथ सम्पन्न गर्ने उनले बताए ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्चका सचिव अञ्जन खड्का, मञ्च गण्डकीका निवर्तमान अध्यक्ष एकराज गिरी, उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेललगायत बोलेका थिए ।

तालिममा गण्डकी प्रदेशका विभिन्न जिल्लामा कार्यरत ७० जना बढी पत्रकारको सहभागिता थियो । नेपाल खेलकुद पत्रकार मञ्च अध्यक्ष दुर्गानाथ सुवेदी ‘देवेन्द्र’ प्रमुख प्रशिक्षक रहेको तालिममा ३० बढी विभिन्न खेलका प्रशिक्षकले तालिम दिए । प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका लगायत संस्था तालिमका सहयोगी हुन् । असोज २८ देखि कात्तिक ३ सम्म हुने राष्ट्रिय खेलकुदमा तालिमले सहयोग पुग्ने मञ्च गण्डकी अध्यक्ष बरालले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width