पर्यटन व्यवस्थापन समिति घान्द्रुकमा विक्रम

आदर्श समाज सम्वाददाता
असाेज ६, २०७९
ghandruk bikarm grg

पोखा । पर्यटन व्यवस्थापन समिति घान्द्रुकको प्रथम अधिवेशनले विक्रम गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

कार्यसमिति उपाध्यक्ष थमबहादुर विश्वकर्मा, सचिव माया पुन थापा, सहसचिव अर्जुन क्षेत्री र कोषाध्यक्षमा कृष्णप्रसाद गुरुङ चयन भए । सदस्यमा रामकुमारी दर्जी, मनोज गुुरुङ, रोविन गुरुङ, जयप्रसाद गुरुङ, धनबहादुर क्षेत्री, कृष्णबहादुर गुरुङ, ईश्वर गुरुङ, विनोद सुनार, कोमलबहादुर गुरुङ र अक्षा रसाइली छन् ।

कार्यक्रममा निवर्तमान अध्यक्ष एवं पर्यटन व्यवसायी किसम गुरुङले १५ वर्षसम्म घान्द्रुकको पर्यटन प्रवद्र्धनमा निरन्तर लागेको उल्लेख गरे । कास्कीको उत्तरी भेगस्थित पर्यटकीय घान्द्रुक गाउँ हुँदै अन्नपूर्ण आधार शिविर, पुनहिल, घोडेपानी, टाडापानीलगायत स्थानमा साहसिक पदयात्रा गर्न सकिने भएका कारण पनि यो स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको स्थानीय युवा व्यवसायी अमृत लामा गुरुङले बताए । घान्द्रुक ढुंगैढुंगाले छाइएका घर तथा छापिएका टोल बस्तीका कारण यसले ढुंगेली गाउँका रूपमा पहिचान बनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width