राष्ट्रपतिले नागरिकता विधेयक गरिनन् प्रमाणिकरण

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७९
bidhya

पोखरा, ५ असोज । संघीय संसद्‌ले पारित गरेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन्।
१५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक बाध्यता भए पनि उनले असोज ४ मध्यरातसम्म प्रमाणिकरण गरिनन् । उनको यो कदमले संवैधानिक व्यवस्थाको गम्भीर उल्लंघन ठहर गरिएको मानिन्छ ।

राष्ट्रपतिले गएको २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्काएको उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले हुबहु पारित गरेको थियो। पारित लगत्तै २० भदौमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि शीतल निवास पठाएका थिए। तर गएरातिसम्म पनि उनले प्रमाणिकरण नगरेकी हुन् ।

राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेस गरेमा त्यसरी पेस भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्ने संवैधानिक व्यवस्था छ ।

राष्ट्रपति कार्यालय, शीतल निवासले किन विधेयक प्रमाणीकरण नगरिएको हो भनेर राति अबेरसम्म कुनै जानकारी दिएको छैन । आफूले पठाएको सन्देशबारे संसदमा छलफल नै नगरी बालुवाटारमा गठबन्धन बैठक गरेर हुबहु पास गर्ने निर्णय गरेको भन्दै राष्ट्रपति भण्डारीले असन्तुष्टि जनाएकी थिइन्।

नले नागरिकता विधेयककै विषयमा सुरक्षा अधिकारी, कानुन व्यवसायीहरुसँग निरन्तर छलफल पनि गरेकी थिइन्। शीतल निवासमा भएका त्यस्ता छलफलहरुमा कतिपयले उनलाई विधेयक प्रमाणीकरण नगर्न सुझाव दिएका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width