एटिएम फोर्न खोज्ने पक्राउ

आदर्श समाज सम्वाददाता
असाेज ५, २०७९
atm

पोखरा । एटिएम मसिन फोरेर रकम चोरी गर्न खोजेको आरोपमा ३ जना पक्राउ परेका छन् । उनीहरुलाई २ छुट्टाछुट्टै घटनामा विभिन्न ठाउँबाट प्रहरीले पक्रेको हो ।

असोज ३ गते पोखराको नयाँबजारस्थित कृषि विकास बैंकको एटिएम मेसिन फोर्न खोजेको अभियोगमा पोखरा १६ का २२ वर्षीय सन्दीप बस्नेतलाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको छ ।

सोही घटनामा संलग्न भई भाग्दै गरेको अवस्थामा पोखरा १६ कै १९ वर्षीय अनिस रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएको कास्कीका निमित्त प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले बताए ।

असोज ४ गते बिहान लेकसाइडस्थित एनएमबि बैंकको एटिएम मसिन फोर्न प्रयास गर्ने धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका १ का मनोज कुमाललाई पनि पक्राउ गरेको छ । उनी पछिल्लो समयमा पोखरा ८ बगालेटोल बस्दै आएका थिए ।

उनले एटिएम मेसिनमा खुकुरी प्रहार गरेका थिए ।

उनलाई खुकुरीसहित पक्राउ गरिएको निमित्त प्रहरी प्रवक्ता खड्काले दिए । दुबै घटनामा संलग्नलाई अदालतबाट चोरी उद्योग मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जानकारी दिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width