राष्ट्रिय पावरलिफ्टिङमा कास्कीलाई सफलता

आदर्श समाज सम्वाददाता
असाेज ४, २०७९
powerlifting news by unishd

पोखरा । नेपाल पावरलिफ्टिङ संघद्वारा आयोजित दोस्रो रुप स्मृति राष्ट्रव्यापी पावरलिफ्टिङ प्रतियोगितामा कास्कीका खेलाडीले विभिन्न तौल समूहमा पदक जितेका छन् ।

२ दिनसम्म दशरथ रंगशालाको कभर्डहलमा आयोजना भएको प्रतियोगितामा पुरुषतर्फ ४५ वर्षभन्दा बढी उमेर समूहमा टेकेन्द्र गुरुङले स्वर्ण पदक हात पारे । रानीपौवा स्पोर्ट्स सेन्टरका खेलाडी गुरुङले ५३७.५ केजी तौल उठाएर मास्टर ओभरअल च्याम्पियन बनेका हुन् ।

महिलातर्फ सबै भन्दा धेरै तौल उचालेर ज्योति थापा ओभरअल च्याम्पियन बनिन् । बब्स जिमका थापाले ५५.१ देखि ६३ केजी तौल समूहमा ३४७.५ केजी तौल उठाएर प्रथम हुँदै ओभरअल च्याम्पियन बनेकी हुन् । सोही तौल समूहमा कास्कीकै पुनम बम्जनले ३२७.५ केजी तौल उठाएर रजत पदक जितिन् ।

त्यस्तै ८३.१ देखि ९३ केजी तौल समूहबीच भएको प्रतिस्पर्धामा रानीपौवा स्पोर्ट्स सेन्टरकै सनिस श्रेष्ठले स्वर्ण पदक हात पारे । श्रेष्ठले ५४२.५ केजी तौल उठाएका थिए । ९३.१ केजी तौलभन्दा बढी तौल समूहबीच भएको प्रतिस्पर्धामा सुमिन परियारले ४८४.५ तौल उठाएर रजत पदक जिते । महिलातर्फ ६३ केजी भन्दा बढी तौल समूहबीच भएको प्रतिस्पर्धामा शर्मिला शाहले स्वर्ण पदक जितिन् । शाहले ३९२.५ केजी तौल उठाएकी थिइन् । सोही तौल समूहमा कास्कीकै सीमा गुरुङले ३७७.५ केजी तौल उठाएर रजत पदक जितिन् । ५५ केजीभन्दा कम तौल समूहमा सपना गुरुङले २७७.५ केजी तौल उठाएर कास्य पदक जितिन् ।

महिलातर्फको ओभरअल च्याम्पियन ज्योति थापाले १ लाख प्राप्त गरिन् । मास्टर ओभरअल च्याम्पियन टेकेन्द्र गुरुङले २५ हजार रुपैयाँ प्राप्त गरे । बाँकी विभिन्न तौल समूहमा भएको प्रतिस्पर्धामा पहिलोले २० हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार नगरसहित पदक प्राप्त गरे । प्रतियोगितामा पुरुषतर्फको ओभरअल च्याम्पियन भने काठमाडौंका सुकदेव श्रेष्ठ भए । सुकदेव र ज्योति थापा अघिल्लो संस्करणका च्याम्पियन पनि हुन् ।

प्रतियोगितामा भाग लिन कास्कीबाट ९ पुरुष र ६ महिला गरी १५ जनाले भाग लिएको पावरलिफ्टिङ संघ कास्कीका अध्यक्ष हसन गुरुङले बताए । अरु जिल्लाको तुलनामा कास्कीले अधिक सफलता प्राप्त गरेको उनले बताए ।

पावरलिफ्टिङ खेलको अन्तर्राष्ट्रिय खेलाडी र रेफ्रीसमेत रहेका गुरुङ १५ जना खेलाडीका नेतृत्व गरेर आफैं राजधानी पुगेका थिए । प्रतियोगितामा १ सय ५८ खेलाडीले सहभागिता जनाएका थिए ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width