अनुपम सहकारी अध्यक्षमा पालिखे

आदर्श समाज सम्वाददाता
असाेज ४, २०७९
Anupam

पोखरा । अनुपम बचत तथा ऋण सहकारी संस्था लि., पोखरा–४, चिप्लेढुंगाको १० औं साधारणसभा तथा तेस्रो अधिवेशनले संचालक समिति अध्यक्षमा जेहेन्द्रमान पालिखेलाई निर्वाचित गरेको छ । पालिखे यसअघि पनि अध्यक्ष थिए ।

संस्थाको सोमबार भएको अधिवेशनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समिति उपाध्यक्ष गिरिप्रसाद पौडेल, सचिव झमबहादुर गुरुङ, कोषाध्यक्ष अमृता भण्डारी तथा सदस्यमा डिल्लुराम श्रेष्ठ, नाना गुरुङ र ज्ञानेन्द्रलाल माकाजू चयन भए ।

यस्तै, लेखा समिति संयोजक नारायणप्रसाद पाण्डे तथा सदस्यमा तीर्थराज भण्डारी र गनकुमारी गुरुङ छन् । संस्थाको कार्यकाल ४ वर्षको हुनेछ ।

यसअघि संस्थाको साधारणसभा उद्घाटन प्रमुख अतिथि पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले गरेका थिए । संस्थाका अध्यक्ष जेहेन्द्रमान पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ उपाध्यक्ष अम्बिका गौतम, बचत तथा ऋण संघका संचालक देवेन्द्र बास्तोला, फेवा टेलिभिजनका अध्यक्ष मीनबहादुर गुरुङ, नेफ्स्कुनका सहायक व्यवस्थापक दीप्ति आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गरेको सहकारी व्यवस्थापक ईश्वर भुसालले जानकारी दिए ।

संस्थाका उपाध्यक्ष गिरिप्रसाद पौडेलको स्वागत मन्तव्य राखेको कार्यक्रममा सहकारीका ७ सिद्धान्त वाचन अमृत भण्डारीले गरेका थिए भने संचालन सचिव खिमबहादुर गुरुङले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सिभिल बैंकको रक्तदान

    आदर्श समाज सम्वाददाता मंसिर १०, २०७९
    पोखरा । पोखरा २७ मा रहेको सिभिल बैंक तालचोक शाखाले १२ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदानमा ४८ युनिट रगत संकलन…
  • सिद्धार्थ बैंकको कुर्ची सहयोग

    आदर्श समाज सम्वाददाता मंसिर ३, २०७९
    पोखरा । सिद्धार्थ बैंक बुद्धचोक शाखाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई १ लाख ४० हजार बराबरको कुर्ची सहयोग…
  • सिद्धार्थ बैंकद्वारा अस्पतालमा कुर्ची सहयोग

    आदर्श समाज सम्वाददाता कार्तिक ३०, २०७९
    पोखरा ।  सिद्धार्थ बैंक बुद्धचोक शाखा पोखराले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई १ लाख ४० हजार बराबरको…
  •  ३६ कम्पनीको १५ अर्ब बराबरको आइपिओ पाइपलाइनमा   

    आदर्श समाज सम्वाददाता कार्तिक २६, २०७९
    काठमाडौं ।  शेयरबजार उतारचढावपूर्ण अवस्थामा छ । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि उस्तै छ । निर्वाचनको माहोल चरम…
  • कामना सेवाको सप्ताहव्यापी कार्यक्रम

    आदर्श समाज सम्वाददाता कार्तिक २१, २०७९
    पोखरा । कामना सेवा विकास बैंक लि। पोखरा क्षेत्रले १६ औं वार्षिकोत्सव अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सप्ताहव्यापी कार्यक्रम गरेको छ…

hero news full width