प्रधानसम्पादक बास्तोलालाई प्रवल जनसेवाश्री

आदर्श समाज सम्वाददाता
असाेज ४, २०७९
Krishna

पोखरा । आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बास्तोला प्रवल जनसेवाश्री बाट सम्मानित भएका छन् । राष्ट्रपतिबाट संविधान दिवसको दिन प्रदान गरिने सो पदकबाट उनी सम्मानित भएका हुन् ।

स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष समेत रहेका बास्तोला पत्रकारितामा विगत ४२ वर्षदेखि निरन्तर क्रियाशील छन् ।

उनीसहित कास्कीबाट ४ जना पत्रकारले विभिन्न पदक प्राप्त गरेका छन् । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी र वानकी निवर्तमान महासचिव दुर्गा अधिकारीलाई जनसेवाश्री पदक तथा पोखरा २५ का लोकमणि पौडेललाई राष्ट्र यशोवद्र्धक अलंकार प्रदान गरिएको हो ।

सम्मान प्राप्त गर्ने कास्कीका महानुभावहरुमा सुप्रसिद्ध प्रवल जनसेवाश्री संस्कृतिविद् डा. जगमान गुरुङलाई प्रदान गरिएको छ ।

यस्तै, सुप्रवल जनसेवाश्री अधिवक्ता शालिकराम भट्टराई, पृथ्वीनारायण क्याम्पसका प्राध्यापक दीपकचन्द्र वाग्ले, प्राडा रामचन्द्र पोखरेल, गण्डकी मेडिकल कलेजकी सुपरीटेन्डेन्ट प्राडा तुमाया घले श्रेष्ठ, कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी, सैनिक अस्पताल पोखराका प्राविधिक सहायक रथि डा. भुवनराज कुँवर, मुक्तिनाथ बाहिनी पोखराका सशस्त्र प्रहरी नायव महानिरीक्षक शम्भु सुवेदी, नेपाल प्रहरी प्रदेश कार्याल पोखराका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा, मध्यकमाण्ड हेडक्वाटर विजयपुर ब्यारेकका सहायक रथि सुदर्शन सिल्वाललाई दिइएको छ ।

यसैगरी, कीर्तिमय राष्ट्रदीपबाट वरिष्ठ उद्योगपति एवं समाजसेवी गणेशबहादुर श्रेष्ठले प्राप्त गरेका छन् ।

साथै, प्रवल जनसेवाश्रीबाट प्राकृतिक चिकित्सक डा.विनोद पौडेल, स्वास्थ्यसेवी विश्वमोहन गौचन, पोखरा २५ का वनस्पति विज्ञ डा. रिपुमर्दन कुँवर, पोखरा ७ का अधिवक्ता कृष्णबहादुर थापा क्षत्री, कलाकार नगेनसिंह ठकुरी, पोखरा महानगरपालिका कार्यालयमा कार्यरत उपसचिव जयराम पौडेल, कास्कीका प्रमुख मालपोत अधिकृत राजेन्द्रप्रसाद पौडेल, कास्कीका प्रमुख नापि अधिकृत दिनेश काफ्ले, भगवती दल गण फूलबारी ब्यारेकका सेनानी समीरबहादुर बस्नेत, गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका प्रमुख महिला विकास अधिकृत जमुना पौडेल कार्की विभूषित भएका छन् ।

जनसेवाश्रीबाट पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, विन्ध्यवासिनी मावि बाटुलेचौरका अध्यक्ष चन्द्राकुमारी अधिकारी (थापा), पोखरा २५ का कृषक घनश्याम तिमिल्सिना सम्मानित भए भने बैंकर दिनेश थकालीलाई राष्ट्र यशोवद्र्धक अलंकार दिइएको छ । साथै मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका सशस्त्र प्रहरी नायव उपरीक्षक अरुणकुमार शर्माले प्राकृतिक प्रकोप पीडितोद्धार पदकबाट सम्मानित भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width