‘अपांगमैत्री कास्की बनाउन पहल गरिनेछ’

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७९
netrahin

पोखरा । कास्की नेत्रहीन संघको २५ औं वार्षिक साधारण सभा र समदृष्टि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एघारौं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशन शनिबार भएको छ ।

अधिवेशन जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले उद्घाटन गरे । पौडेलले कास्कीका अधिकांश विकास संरचना र भौतिक पूर्वाधार अपांगमैत्री नभएको भन्ने विषयका सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै अपांग मैत्री जिल्लाको रूपमा स्थापित गर्न आफूले समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सुन्दर कास्कीलाई हरेक दृष्टिकोणबाट सुन्दर बनाउन कास्कीका पाँचओटै पालिकालाई आग्रह गर्ने बताए । पौडेलले अपांगता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने र सो भएमात्रै सामाजिक रुपान्तरणको विषय सार्थक हुने बताए ।

कार्यक्रमका वक्ताहरुले कास्कीका सडकसहित विकासका भौतिक पूर्वाधार अपांगमैत्री नहुँदा आफूहरूले कठिनाइ भोग्नु परेको भन्दै समाधान गरिदिन पौडेलको ध्यानाकर्षण गराएका थिए ।

कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय अपांग महासंघका केन्द्रीय उपाध्यक्ष खोमराज शर्मा, राष्ट्रिय अपांग महासंघ केन्द्रीय सदस्य रमेश पोख्रेल, नेत्रहीन संघ गण्डकीका अध्यक्ष लक्ष्मण सुवेदी समदृष्टि सहकारीका पूर्व अध्यक्ष शोभा पौडेल, समदृष्टि सहकारीका अध्यक्ष शिशिर खनाल, अपांगमैत्री समाज कास्कीका अध्यक्ष सन्तबहादुर परियार, नेत्रहीन महिला संघ कास्कीका अध्यक्ष कमला शर्मा, पोखरा महानगरपालिकाका सामाजिक विकास अधिकृत राधा विक लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width