सत्यमोहन र बालुदेवी सम्मानित

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७९
samman news Balu Devi by rupnarayan

पोखरा । पोखरा १९ पुरञ्चौरस्थित तल्लाकोटकी १ सय ७ वर्षीया ज्येष्ठ नागरिक बालुदेवी ढुंगानालाई ज्येष्ठ नागरिक सरोकार समाज नेपालले सम्मान गरेको छ । स्थानीय विन्ध्येश्वरी माविको सभाहलमा ढुंगानालाई फूलमाला, अविर, दोसल्ला र सम्मानपत्रसहित अभिनन्दन गरिएको समाजका महासचिव विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

कार्यक्रममा पोखरा १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डे लगायतले ढुंगानालाई सम्मान गरेका थिए । ढुंगाना १९७२ साल वैशाख २ गते पोखरा १९ को टाकुराटोलमा पिता तुलाराम बास्तोला र माता स्वरुपाको कोखबाट कान्छी छोरीको रुपमा जन्मिएकी हुन् । आठ वर्षको उमेरमा तल्लाकोटका कलाधर ढुंगानासँग उनको वैवाहिक सम्बन्ध कायम भएको थियो ।

ज्येष्ठ नागरिक सरोकार समाज नेपालले बालुदेवीलाई पोखरा र सत्यमोहनलाई ललितपुरमा सम्मान गरेको हो

कार्यक्रममा ढुंगानाका माइला छोरा नारायण, कान्छा छोरा चिन्तामणि, बुहारीहरु डिलमाया, भीमकुमारी, नानीमाया, छोरीहरु दुर्गा सुवेदी, विमला बास्तोला र मैया सुवेदीसहित नातिनातिनी बुहारीलाई पनि खादा र मालाले सम्मान गरिएको थियो ।

समाजका अध्यक्ष समाजसेवी भक्तराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहअध्यक्षता समाजका केन्द्रीय आमन्त्रित सदस्य एवं समाजको पुरञ्चौर शाखाका अध्यक्ष पद्मा गौतम (राधा) ले गरेकी थिइन् । समाजका उपाध्यक्ष केशवप्रसाद ढकालले कार्यक्रममा धन्यवाद ज्ञापन गरे ।

यसैबीच संस्कृतिविद् एवं साहित्यकार सत्यमोहन जोशीलाई पनि समाजले उनकै निवास ललितपुरस्थित बकुँबहालमा एक कार्यक्रमको आयोजना गरी अभिनन्दन गरेको छ । १ सय ३ वर्षीय जोशीलाई फूलमाला, दोसल्ला र सम्मानपत्रसहित अभिनन्दन गरिएको समाजका अध्यक्ष भक्तराज श्रेष्ठले जानकारी दिए । कार्यक्रममा जोशीकी धर्मपत्नी ९९ वर्षीया राधादेवीलाई पनि सम्मान गरिएको थियो । पत्रकार कमल पौडेल अथकले शुभकामना मन्तव्य व्यक्त गरे भने आर्थिक व्यवस्थापन समितिका कोषाध्यक्ष रामजीप्रसाद कोइरालाले गरेका थिए । कार्यक्रम सञ्चालन महासचिव पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width