मध्यपहाडीको याम्दी–हरिचोक खण्डमा काम सुरु

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७९
Lokmargas

हेमजा । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत याम्दीदेखि हरिचोक खण्डको कार्य शनिबारदेखि सुरु गरिएको छ । ४ लेनमा निर्माण गरिने उक्त सडकखण्डको साउन १५ गते काठमाडौं महाराजगञ्जस्थित मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले निर्माण जिम्मा लिएकोमा २ वर्षभित्र सक्नुपर्ने प्रावधान छ । जसको लागत ४८ करोड ५ लाख ३२ हजार ४ सय ५४ छ ।

कुल २ हजार २ सय ४ मिटर लम्बाइको उक्त सडकखण्ड २५ मिटर फराकिलो बन्नेछ । जसको बीचमा १ मिटरको डिभाइडर तथा सडक छेउमा डेढ मिटरमा नाला निर्माण हुनेछ । त्यस्तै अस्फाल्ट कालोपत्रे गरिने प्रालिका इन्जिनियर सुनील थापाले जानकारी दिए ।

निर्धारित समय अगावै काम सक्ने योजनाका साथ कार्य प्रारम्भ गरिएको पनि उनले बताए । कामको प्रकृतिअनुसार कम्पनीले दैनिक ४ वटासम्म मेसिन प्रयोग गर्न सक्ने छ । त्यस्तै दैनिक १५ देखि २० जना दक्ष तथा ३० देखि ३५ जना अर्धदक्ष श्रमिक काममा लगाइने छ ।

मध्यपहाडी आयोजनाका इन्जिनियर ठाकुर भण्डारीले निर्धारित समयमै गुणस्तरीय कार्य हुने गरी उक्त सडकखण्डको अनुगमन गरिने बताए ।

आयोजनाले जौबारीमा निर्माणाधीन सेती नदीमाथिको पुललाई नै प्रयोग गर्ने भएको छ । उक्त पुलदेखि लामाचौर, अर्मला, मौजा हुँदै मादी जोड्ने गरी लोकमार्गको रेखांकनसमेत गरिसकिएको छ । यतिबेला मादी खण्डमा पनि धमाधम काम भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • सामाजिक सुधारक माधव पौडेलको स्मरण

    आदर्श समाज सम्वाददाता असाेज ५, २०८०
    पोखरा । माधवप्रसाद पौडेल स्मृति प्रतिष्ठानको १५ औं साधारण सभा तथा ३० औं स्मृति दिवस बिहीबार सम्पन्न भयो । सभाको…
  • गणेशमान सिंहको स्मृति दिवस

    आदर्श समाज सम्वाददाता असाेज ५, २०८०
    पोखरा । गणेशमान सिंह फाउन्डेसन कास्कीको आयोजनामा मंगलबार सिंहको २६ औं स्मृति दिवस मनाइएको छ । त्यस अवसरमा प्रवचन कार्यक्रम…
  • यातायात पत्रकारिता पुरस्कारबाट ऋषिकान्त सम्मानित

    आदर्श समाज सम्वाददाता असाेज ५, २०८०
    पोखरा । यातायात व्यावसायिक पत्रकारिता पुरस्कार–२०८०’ बाट ऋषिकान्त पौडेल सम्मानित भएका छन् । पोखरा यातायात प्रालिले नेपाल पत्रकार महासंघ कास्कीको…
  • खुल्यो मोहोरियामा कृषि सहकारी

    आदर्श समाज सम्वाददाता असाेज ५, २०८०
    लेखनाथ । पोखरा वडा ३० र ३१ को संगमस्थल मोहोरीयामा मोहोरीया कृषि सहकारी संस्था लि. सञ्चालनमा आएको छ । पोखरा…
  • जापानमा मौलिक फोटो प्रतियोगिता

    आदर्श समाज सम्वाददाता असाेज ५, २०८०
    पोखरा । कास्की पोखरा समाज जापानले मौलिक फोटो प्रतियोगिताको पुरस्कार वितरण गरेको छ । सोही अवसरमा नेपाली दिदीबहिनीलाई दर समेत…

hero news full width