डेंगु नियन्त्रणका लागि १० दिने अभियान

आदर्श समाज सम्वाददाता
असाेज ३, २०७९
gaidakot news

गैंडाकोट । नेपाल स्वास्थ्य व्यवसायी संघ गैंडाकोट नगर इकाइले डेंगु रोग रोकथाम र नियन्त्रणका लागि सचेतनामूलक र प्रचारात्मक अभियान सञ्चालन गर्ने बताएको छ । संघले पत्रकार सम्मेलनमार्फत् १० दिनसम्म अभियान चल्नेछ ।

डेंगु रोगविरुद्ध सचेतनामूलक कार्यक्रमलाई प्रभाकारी बनाउन नगर क्षेत्रमा लामखुट्टेको बासस्थान नष्ट गर्ने तथा समुदायमा सचेतना फैलाउने खालका गतिविधिमा जोड दिन व्यवसायी संघका नगर अध्यक्ष ईश्वरीप्रसाद घिमिरेले आग्रह गरे । घिमिरेले डेंगुुविरुद्धको अभियानमा सम्पूर्ण नगरवासी र सरोकारवाला निकायको साथ र सहयोगको आवश्यकता रहेको बताउँदै कार्यक्रमका लागि विभिन्न प्रचारात्मक सन्देशमुलक प्रचाररप्रसारका सामग्री तयार भएको बताए ।

संघका नगर सचिव खुमप्रसाद पौडेलले लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगुबाट जोगिने भरपर्दाे उपाय भएको बताउँदै रोग लाग्न नदिन सरसफाइमा विशेष दिनुपर्नेमा जोड दिए । अभियानअन्तर्गत सम्पूर्ण विद्यालय, नगर कार्यालय, सुरक्षा निकाय, व्यापारिक प्रतिष्ठान र हरेक टोलटोलमा सचेतना कार्यक्रम सञ्चालन गर्ने संघका कोषाध्यक्ष विनोद पौडेलले बताए । कार्यक्रममा स्वास्थ्य व्यवसायीहरु भागीरथी पोखरेल आचार्य, गोपाल शाही लगायत उपस्थित थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width