विश्व बैंकको उच्चस्तरीय टोलीद्वारा तालचोक–बेगनास सडकको निरीक्षण

रामशरण नेपाली
असाेज १, २०७९
world bank toli

लेखनाथ। विश्व बैंकको आर्थिक सहयोगमा तालचोकदेखी बेगनासतालसम्म बन्ने भनिएको चार लेनको सडक निर्माणको काम लामो समयसम्म पनि शुरु हुन नसकिरहेको बेला शनिबार विश्व बैंकको एक उच्चस्तरीय टोलीले उक्त सडकको निरीक्षण गरेको छ ।

विश्व बैंकको दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेईजर सहितको प्रतिनिधिमण्डलले सडकको निरीक्षण गरेको हो । सडकको निरीक्षण पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि गाउँको समृद्धि बाटो वनाउने कामबाट शुरु हुन्छ भने जस्तै यहाँको विकास पनि यहि तालचोक बेगनासतालको बाटोकोे विकासवाट हुने यहाँका व्यवसायी तथा लाभग्राहीहरुको भनाईबाट प्रष्ट भएको वताए ।

वाटोको विकासवाट पर्यटन विकासका साथै विश्वविद्यालयका विद्यार्थी, अस्पतालका विरामी, स्थानिय वासिन्दा सबैलाई फाइदा पुग्ने सुन्न पाउँदा उपयुक्त योजनामा लगानी हुन लागेको वताउँदै कार्यक्रमले नेपालमा संघियताको महत्व अझ प्रभावकारी हुन र संघियता कति महत्वपुर्ण रहेछ भन्ने कुरा देखाउने वताएका थिए ।

यस्तै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विश्व बैंकको तर्फबाट निर्माण शुरु हुनु अघिको निरीक्षण नै शनिबार भएकाले अब बाटो बन्ने नबन्ने भन्ने दुबिधा सकिएको बताउँदै बाटो निर्माण कहिले सकिन्छ भन्ने ठाउँमा आईपुगेको वताए । उनले २०२५ को ३१ जुन सम्ममा सडक निर्माण सम्पन्न हुने वताउँदै यसले यहाँको पर्यटन लगायत आर्थिक उपार्जनको क्षेत्रमा ठुलो टेवा पुग्ने वताएका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २७ का अध्यक्ष पुर्ण कुमार गुरुङ, पर्यटन व्यवसायी एवं होटल तथा रेष्टुरेन्ट एशोसियसन लेखनाथका पुर्व अध्यक्ष दामोदर भक्त थापा, लेखनाथ उद्योग वाणिज्य संघकी उप–महासचिव जानुका अधिकारी, टोल विकास संस्थाहरुको तर्फबाट शिव गिरी लगायतले आफनो भनाई राखेका थिए ।

हरियाली सहित नमुना मार्गको रुपमा निर्माण हुने उक्त सडक निर्माणको लागी विभिन्न संरचना लगायतका स्थानीय अवरोधहरु हटाउने काम महानगरपालिकाले गर्ने र सडक निर्माणको लागि कटान हुँदै गरेको रिठेपानी डाँडाबाट ३० हजार घनमिटर माटो ल्याउन समेत निर्माण कम्पनीलाई अनुमति दिईसकेको मेयर आचार्यले वताए ।

विश्व बैंकको ७५ करोड ४८ लाख ५२ हजारको आर्थिक सहयोगमा सम्पन्न हुने उक्त सडक निर्माणको ठेक्का स्वच्छन्द सपना वल्र्ड वाईड जेभी, काठमाण्डौले प्राप्त गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…

hero news full width