गौरीशंकरमा स्वागत

आदर्श समाज सम्वाददाता
असाेज १, २०७९
gauri sankar

हेमजा । गौरीशंकर बहुमुखी क्याम्पसका कक्षा १२ का विद्यार्थीले शुक्रबार कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेका छन् । उनीहरुले खादा, डायरी र कलम प्रदान गर्दै अनुज विद्यार्थीलाई स्वागत गरे ।

कार्यक्रममा क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेलले विद्यार्थीको शैक्षिकस्तर वृद्धिका लागि क्याम्पस सधैं तयार रहेको बताए । उनले क्याम्पस संचालन सम्बन्धमा समयसमयमा विद्यार्थीले पनि सुझाव दिनुपर्ने बताए । उनले क्याम्पसका नीतिनियमप्रति चनाखो बन्न विद्यार्थीलाई आग्रह गरे ।

सहायक क्याम्पस प्रमुख दीपक त्रिपाठीले कार्यक्रमसँगै विद्यार्थीबीच आत्मीयता बढ्ने उल्लेख गर्दै अनुशासनमा रही अध्ययनशील बन्न सुझाव दिए ।

त्यस अवसरमा विद्यार्थी एञ्जिला पुनमगर, सुवानी लिम्बु, सन्ध्या पुर्जा, ताराबहादुर गुरुङ नेतृत्वमा विद्यार्थीले विभिन्न प्रस्तुति राखेका थिए ।

कक्षा ११ का हिक्मत विक तथा मनिता सिपार्लीले स्वागत गरेकोमा खुसी व्यक्त गर्दै वार्षिकरुपमा कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । कक्षा १२ की सुस्मिता विकको अध्यक्षतामा भएको कार्यक्रममा सुशीला विकले स्वागत र सन्दिपा जिसीले संचालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • माछापुच्छ्रे माविलाई बस सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२…
  • राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा…
  • हिमालय माविले स्वर्ण महोत्सव मनाउने

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । अन्नपूर्ण ७ स्थित हिमालय माविले त्रिदिवसीय कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालयले यही वैशाख १०…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…

hero news full width