विन्ध्यवासिनीमा डस्टविन वितरण

आदर्श समाज सम्वाददाता
असाेज १, २०७९
bindhyabasini school

पोखरा । पोखरा प्लास्टिक व्यवसायी समितिले बाटुलेचौरको विन्ध्यवासिनीमा डस्टविन हस्तान्तरण गरेको छ ।

विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा समिति अध्यक्ष ऋषिराम शर्माले विद्यालय प्रअ कृष्णप्रसाद आचार्यलाई २२ थान विभिन्न रङका प्लास्टिकका डस्टविन हस्तान्तरण गरेका हुन । प्रअ आचार्यले समितिले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै फोहोर वर्गीकरण गरी व्यवस्थापन गर्न सहयोग प्रभावकारी हुने बताए ।

समिति अध्यक्ष शर्माले देशकै नमुना विद्यालयमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले महानगरपालिकाको फोहोर वर्गीकरण अभियानमा सहयोग पु¥याउने बताए । कार्यक्रममा सचिव परशुराम, सहसचिव युवराज इटनी, विद्यालयका सूचना अधिकारी रामबहादुर बानियाँ, नवीन अधिकारी, प्लास्टिक कार्य समिति सदस्य बलराम चापागाईं, विमला बराल, हरिप्रसाद कोइरालाले विद्यालयले गरेको प्रगतिको प्रशंसा गरेका थिए ।

समितिले यसअघि विभिन्न संघसंस्था र वृद्धाश्रमलाई पनि सहयोग गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width