सामुदायिक हेमजामा दानबहादुर

आदर्श समाज सम्वाददाता
असाेज १, २०७९
community

हेमजा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा हेमजाको बुधबार भएको तेस्रो अधिवेशनले दानबहादुर भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले देवीप्रसाद अधिकारीलाई उपाध्यक्ष, कविराज बास्तोलालाई सचिव, दुर्गाप्रसाद तिम्सिनालाई कोषाध्यक्ष तथा शिवलाल पौडेललाई सचिव चयन गरेको छ ।

सदस्यहरु पार्वती थापा, बुद्धिबहादुर थापा, अप्सरा तिम्सिना, रामबहादुर सापकोटा (राजु), टेकबहादुर विक, शंकर त्रिपाठी, विपना श्रेष्ठ सुवेदी, इन्द्रप्रसाद दाहाल, सन्तमान् श्रेष्ठ र ईश्वरीप्रसाद बास्तोला छनोट भए ।

अधिवेशन उद्घाटन गर्दै कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले समाजलाई सुसंस्कृत युक्त बनाउन केन्द्रको भूमिका महत्वपूर्ण रहने गरेको औंल्याउँदै स्थापनाकालदेखि हेमजा सामुदायिकले रचनात्मक भूमिका निर्वाह गर्दै आएको बताए ।

कार्यक्रमकै बीच सामुदायिक सेवा जिल्ला समन्वय समितिका कार्यवाहक अध्यक्ष भीम पराजुली, समन्वय समितिका संस्थापक अध्यक्ष मंगल नेपाली, स्थानीय देवीस्थान आमा समूहकी अध्यक्ष बुद्धदेवी कुँवर तथा हेमजा युनाइटेडका पूर्व सचिव कृष्णमान श्रेष्ठले बोलेका थिए ।

संस्थाकी अध्यक्ष विष्णु बास्तोलाले सबैको साथ सहयोगबाट २ कार्यकाल बिताएको स्पष्ट पार्दै प्रहरी सेवाको मर्मलाई नागरिक तहसम्म पु¥याउन सेवा केन्द्रको भूमिका महत्वपूर्ण रहने गरेको औंल्याइन् । सभाबाट सचिव देवीप्रसाद अधिकारीद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष दुर्गाप्रसाद तिम्सिनाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफलसहित अनुमोदन भयो ।

संस्थाका अध्यक्ष बास्तोलाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष दानबहादुर भुजेलले स्वागत तथा सचिव देवीप्रसाद अधिकारीेले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width