पोखरा पिस क्लबको रक्तदान

आदर्श समाज सम्वाददाता
असाेज १, २०७९
Blood DOnation

पोखरा । पोखरा पिस क्लबले १७ औं स्थापना दिवस अवसरमा रक्तदान कार्यक्रम गरेका छ ।

रेडक्रस सोसाइटी पोखरा–७ उपशाखाको समन्वयमा भएको कार्यक्रममा २४ युनिट रगत संकलन भयो ।

वडा ७ का अध्यक्ष राममोहन आचार्यले पहिलो रक्तदाता विष्णु सुवेदीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए । उनले वडाको पुरानो क्लबले विभिन्न कार्यक्रममार्फत जिल्ला तथा राष्ट्रियरुपमा पनि परिचित हुने कार्य गरिरहेको भन्दै क्लबका गतिविधिको प्रशंसा गरे ।

कार्यक्रममा रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाका उपसभापति डण्डराज शर्मा, रेडक्रस सोसाइटी पोखरा–७ उपशाखाका सभापति तथा पोखरा पिस क्लबका पूर्व अध्यक्ष भोजराज बराल, रेडक्रस पोखरा–७ उपशाखाका पूर्व सभापति तथा सल्लाहकार तेजनारायण अधिकारी, मासबार आमा समूहका अध्यक्ष शारदा गिरीले शुभकामना ब्यक्त गरे ।

पोखरा पिस क्लब अध्यक्ष प्रताप आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा सचिव सन्तोष बरालले कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width