कवाडी संकलन केन्द्र हटाउन महानगरको आग्रह

आदर्श समाज सम्वाददाता
असाेज १, २०७९

पोखरा । डेंगु रोगको प्रकोप बढ्दै गएपछि पोखरा महानगरपालिकाले महानगरका कवाडी संकलन केन्द्र हटाउन आग्रह गरेको छ ।

महानगरले शुक्रबार सूचना जारी गर्दै त्यस्ता कवाडी संकलन केन्द्र मुख्य आवास क्षेत्रभन्दा कम्तीमा ५ सय मिटर दुरीभन्दा बाहिर स्थानान्तरण गर्न आग्रह गरेको हो । त्यसका लागि ३५ दिनको म्याद दिइएको छ ।

महानगरका सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसीद्वारा शुक्रबार जारी सूचनामा भनिएको छ, ‘महानगरको मुख्य आवास क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रबाट यो रोग फैलिन ठूलो मद्दत पुगिरहेको साथै विभिन्न महामारी फैलिनुमा अव्यवस्थित कवाडी संकलन केन्द्र मुख्य कारकका रुपमा रहेको पाइएकोले मुख्य आवास क्षेत्रको कम्तीमा ५ सय मिटर दुरीभन्दा बाहिर स्थानान्तरण गर्न सम्बन्धित व्यवसाय संचालकलाई हार्दिक अनुरोध छ ।’

घरजग्गाधनीले पनि आफ्नो घरजग्गामा संचालन भएका कवाडी व्यवसायीहरुलाई त्यहाँबाट अन्यत्र स्थानान्तरण गर्न सम्झौता अवधि जतिसुकै भए पनि सोहीअनुसार सम्झौता संशोधन गर्न आग्रह गरिएको छ । यदि ३५ दिनभित्र मुख्य आवास क्षेत्रबाट उक्त व्यवसाय नहटाए दुवै पक्षलाई कारबाही गरिने महानगरको चेतावनी छ ।

पोखरामा गत सातासम्म गण्डकी अस्पताल, मणिपाल शिक्षण अस्पताल र गण्डकी मेडिकल कलेजमा पहिचान भएका डेंगुका बिरामीको संख्या २२ थियो । यसबाहेक कतिपय बिरामी सीमित रहने तथा अन्य अस्पतालमा समेत जाने भएकोले अहिले ठ्याक्कै यति जना बिरामी छन् भन्ने तथ्यांक निकाल्न गाह्रो हुने पोखरा महानगर स्वास्थ्य महाशाखाका कर्मचारी राजेन्द्र रेग्मी बताउँछन् । डेंगु नियन्त्रणका लागि लामखुट्टेको बासस्थान नस्ट नै उत्तम उपाय भएको उनले बताए ।

Related News

सम्बन्धित समाचार

  • ‘महिला हिंसा अन्त्य गर्न कडा कानुन’

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    पोखरा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले महिला हिंसा अन्त्यका कडा कानुन बनाउनुपर्ने…
  • पोखरा महोत्सव सफल पार्न ३७ उपसमिति र संयोजक चयन

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    पोखरा । एघारौं संस्करणको पोखरा महोत्सव २०७९ सफल बनाउन विभिन्न ३७ उपसमितिहरु गठन गरी संयोजक तोकिएको छ । महोत्सव सफल…
  • स्टेप बाइ स्टेप माविमा खेलकुद

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    पोखरा । स्टेप बाइ स्टेप मावि पोखरामा ३४ औं वार्षिक खेलकुद प्रतियोगिता आइतबार सुरु भएको छ । विद्यालयका संस्थापक निर्देशक…
  • हिंसाको प्रतिकार गर्नुपर्नेमा जोड

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    पोखरा । हिंसा सहेर बस्न नहुने, हिंसाको प्रतिकार गर्नुपर्ने शनिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । सञ्चारिका…
  • शिवशक्ति क्याम्पसका प्रमुखमा चन्द्रकान्त नियुक्त

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    पोखरा । पोखरा–११, फूलबारीस्थित शिवशक्ति क्याम्पसको प्रमुखमा सहप्राध्यापक चन्द्रकान्त रेग्मी नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष टुवराज बास्तोला…

hero news full width