१  करोड ७९ लाख ८८ हजार मतदाता   

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७९
election comission

काठमाडौं ।  निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताहरुको अन्तिम नामावली स्वीकृत गरेको छ ।

निर्वाचन घोषणा भएको गत साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी निर्वाचन हुने अघिल्लो दिन मङ्सिर ३ गतेससम्ममा १८ वर्ष उमेर पूरा हुने ८८ लाख ४७ हजार पाँच सय ७९ महिला, ९१ लाख ४० हजार आठ सय छ पुरुष र एक सय ८५ जना अन्य गरी उक्त सङ्ख्यामा मतदाता नामावली आज स्वीकृत गरेको हो । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता रहेका थिए ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गरी मतदाता सङ्ख्यासमेतका आधारमा आयोगले १० हजार आठ सय ९१ मतदान स्थल र सोअन्तर्गत २२ हजार दुई सय २६ मतदान केन्द्रहरु रहने गरी स्वीकृत गरेको जानकारी दिनुभएको छ ।

आयोगका अनुसार सबैभन्दा बढी मतदाता रहेका जिल्लाहरु मोरङ, झापा र काठमाडौँ छन् भने सबैभन्दा कमतर्फ क्रमशः मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।   रासस
–––

Related News

सम्बन्धित समाचार

  • २०७४ को समानुपातिक बन्दसूची भोलिदेखि निष्क्रिय

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०७९
    काठमाडौं । ०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पेस गरेको समाानुपातिक उमेदवारको बन्दसूची असोज…
  • कास्कीमा एक मतदानस्थल गाभियो, एक थपियो

    आदर्श समाज सम्वाददाता भाद्र २९, २०७९
    गण्डकी । कास्की जिल्लामा एक मतदान स्थल गाभिएको छ भने एक मतदानस्थल थपिएको छ । जिल्लामा पोखरा महानगरपालिका–३० स्थित सरस्वती…
  • प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन असोज २३ गते हुने   

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०७९
    काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने…
  • एमाले कास्कीमा उम्मेदवार खोजी

    आदर्श समाज सम्वाददाता भाद्र १९, २०७९
    पोखरा । पूर्व गृहमन्त्री तथा प्रतिनिधिसभा सांसद खगराज अधिकारीले प्रदेशसभामा चुनाव लड्नका लागि नाम टिपाएका छन् । कास्की क्षेत्र १…
  • बेंसीसहरमा एमाले निर्विरोध

    आदर्श समाज सम्वाददाता जेठ १२, २०७९
    लमजुङ । जिल्ला सदरमुकाम बेंसीसहर नगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका उम्मेदवार निर्विरोध भएका छन् । ८ जना निर्वाचित हुने उक्त…

hero news full width