२०७४ को समानुपातिक बन्दसूची भोलिदेखि निष्क्रिय

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७९
Election Commision Nepal1

काठमाडौं । ०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पेस गरेको समाानुपातिक उमेदवारको बन्दसूची असोज १ गते शनिबार रातिदेखि स्वतः निष्कृय हुने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार विज्ञप्ति जारी गर्दै शनिबार राति १२ बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निर्णय गरेको छ ।

“राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको मिति २०७९ भदाै २८ को पत्र तथा मिति २०७९ भदाै  २९ को राजनीतिक दलसँगको बैठकबाट प्राप्त सुझाव समेतका आधारमा संवत् २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि राजनीतिक दलले पेस गरी निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची मिति २०७९ असाेज १ गते राति १२ः०० बजेदेखि स्वतः कायम नरहने गरी आयोगले निर्णय गरेको छ,” विज्ञप्तिमा भनिएको छ ।

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको बन्दसूची असोज २ र ३ गते बुझाउनुपर्ने आयोगले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width