विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव तयारी

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७९
bindhyabasani temple

पोखरा ।  विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव २०७९ हुने भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा असोज १० गते (घटस्थापना)देखि नवमीसम्म उक्त महोत्सव आयोजना गर्न लागिएको हो ।

महोत्सवमा शोभायात्रा र श्रीमद्भागवत ज्ञान महायज्ञ गरिने समितिका सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो । युवा पण्डित नारायण देवकोटाले सङ्गीतमय झाँकीसहित कथा वाचन गर्नुहुने सो महोत्सवमा नवमीदेखि प्रत्येक दिन बिहान ९ देखि १२ बजेसम्म र मध्याह्नदेखि अपराह्न ४ बजेसम्म महायज्ञ हुने उहाँले बताउनुभयो ।

पहिलो दिन देवीका नौ रुपस्वरुप नव कन्याका नौ रथ, विन्ध्यवासिनी मन्दिरको झाँकी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत विभिन्न सङ्घसंस्थाको उपस्थितिमा शोभायात्रा गर्दै महोत्सव सुरु गरिने छ । महोत्सव अवधिभर रात्रिकालीन आरतीसमेत गरिने भएको छ ।
विजया दशमीको दिन बिहान ४ बजेदेखि नित्य पूजा आरम्भ भई ५ बजेदेखि भक्तजनका लागि खुला गरिने समितिले जानकारी दिएको छ । धार्मिक पर्यटनको विकाससँगै विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै जातीय सद्भावमा टेवा पुग्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको समितिका कार्यवाहक अध्यक्ष सूर्यप्रसाद सुवेदीले बताउनुभयो ।
पछिल्लो समय मन्दिरमा भेटी सङ्कलन कम हुँदै गएको समितिका कोषाध्यक्ष इन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । आम्दानीको मुख्य स्रोत नै भेटी भएकाले कोरोनाका कारण यसमा ह्रास आएको उहाँको भनाइ थिायो । कोरोनाभन्दा अघि दैनिक रु एक करोडदेखि डेढ करोड आम्दानी हुने गरेकामा पछिल्लो समय घटेर रु ६० हजारको हाराहारीमा पुगेको थियो ।

भक्तजनले चढाएको भेटीबाटै समितिले पुजारी र कर्मचारी व्यवस्थापनसँगै विभिन्न सामाजिक कार्य गर्दै आएको थियो । मन्दिरमा १० पुजारी र व्यवस्थापनमा ४५ कर्मचारी छन् ।
–––

Related News

सम्बन्धित समाचार

  • आजदेखि दसैं सुरु

    आदर्श समाज सम्वाददाता असाेज १०, २०७९
    पोखरा । नेपालीहरुको महान चाड बडादसैं आजदेखि सुरु हुँदैछ । पहिलो दिन घटनास्थापना अवसरमा घरघरमा जमरा राखिंदैछ । घरघरमा वैदिक…
  • घान्द्रुकमा बौद्धमार्गीका लागि विद्यालय बन्ने

    आदर्श समाज सम्वाददाता असाेज ८, २०७९
    पोखरा । घान्द्रुकस्थित ओप्लेंमा बौद्धमार्गीका लागि (पाल डाकार छयोईदुब लीङ) विद्यालय निर्माण हुने भएको छ । अन्नपूर्ण गाउँपालिका ११ ओप्लेंमा…
  • आज श्रीकृष्णजन्माष्टमी पर्व

    आदर्श समाज सम्वाददाता भाद्र ३, २०७९
    पोखरा । भगवान् श्रीकृष्ण जन्मेको दिनको पावन अवसरमा वैदिक सनातन धर्मावलम्बीले शुक्रबार श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन् । उनीहरुले भगवान् श्रीकृष्णको…
  • साउन महिनाभर गलेश्वर मन्दिरमा करिब १९ लाख रुपैयाँ भेटी संकलन   

    आदर्श समाज सम्वाददाता भाद्र १, २०७९
    म्याग्दी ।  बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब रु १९ लाख ७० हजार दुई सय ५३ भेटी…
  • बनेपामा एक सय २० वर्षदेखि कन्याको पूजा   

    आदर्श समाज सम्वाददाता भाद्र १, २०७९
    काभ्रेपलाञ्चोक ।  दुई वर्षदेखि रोकिएको कन्या–पूजालाई यस वर्षदेखि निरन्तरता दिइने भएको छ । एक सय २० वर्षदेखि भाद्र कृष्ण जन्माष्टमीको…

hero news full width