लोकतान्त्रिक तमु संघमा श्याम

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७९
Bedj

पोखरा । नेपाल लोकतान्त्रिक तमु संघ अध्यक्षमा कास्कीका वेदबहादुर गुरुङ (श्याम) निर्वाचित भएका छन् ।

पोखरामा भएको संघको दोस्रो राष्ट्रिय सम्मेलनले उनको अध्यक्षमा १ सय १ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत् चयन गरेको हो । संघको महासचिवमा कास्कीकै हुमबहादुर गुरुङ चयन भए ।

संस्थाको ७ उपाध्यक्षहरुमा बागमती प्रदेशबाट ओमकुमार गुरुङ, प्रदेश १ र मधेश प्रदेशबाट चक्रबहादुर गुरुङ, गण्डकी प्रदेशबाट हुमबहादुर गुरुङ (स्याङ्जा), लुम्बिनी–कर्णाली–सुदुरपश्चिम प्रदेशबाट प्रेमबहादुर गुरुङ, गमबहादुर गुरुङ (प्रवास, बेल्जियम), महिला उपाध्यक्षहरुमा गण्डकी प्रदेश सभा सदस्य मीना गुरुङ (कास्की) र शर्मिला गुरुङ (मुस्ताङ) निर्वाचित भए ।

सचिवमा सुरेन्द्र गुरुङ (कास्की), ओमबहादुर गुरुङ (स्याङ्जा), सूर्यप्रसाद गुरुङ (लमजुङ), सूर्यबहादुर गुरुङ (तनहँु), खगेन्द्र मेघी गुरुङ (बाग्मती), सीताराम गुरुङ (प्रदेश १ र मधेस प्रदेश) छन् भने सहसचिवमा शम्भु गुरुङ (बागमती), कोषाध्यक्षमा बैनबहादुर गुरुङ (कास्की), सहकोषाध्यक्षमा देवकुमारी गुरुङ (बागमती) चयन भए ।

लेखा आयोग अध्यक्षमा कास्कीका विष्णुकुमार गुरुङ, अनुशासन आयोग अध्यक्षमा बाराका भरतबहादुर घले गुरुङ सर्वसम्मत बनेका छन् ।

सदस्यमा प्रवासबाट विजयकुमार गुरुङ (पूर्वी एशिया, हङकङ), विनय गुरुङ (पूर्वी एशिया, जापान, कृष्ण गुरुङ (अमेरिकी, पश्चिम अमेरिका), शिवजंग गुरुङ (मध्यपूर्व, युएई), रामचन्द्र गुरुङ (युरोप, युके), मुक्त गुरुङ (यूरोप, स्पेन) र नीलम (अमेरिकी, पूर्वी अमेरिका) छन् ।

यस्तै, स्याङ्जाका धर्म गुरुङ, रुपसिंह गुरुङ, लोकबहादुर गुरुङ, ध्रुव गुरुङ, कास्कीबाट रामु गुरुङ, लीलाबहादुर गुरुङ, सगुन गुरुङ, काशीमाया गुरुङ, चन्द्रबहादुर गुरुङ, बालकुमारी गुरुङ, चेतबहादुर गुरुङ, समबहादुर गुरुङ, लालसुब्बा गुरुङ, महेन्द्र गुरुङ, हरिमाया गुरुङ,चन्द्रबहादुर गुरुङ, एक्का जंग गुरुङ, सुुमे जसबहादुर गुरुङ (भूपू सैनिक), सु.मे.नौबहादुर गुरुङ (भूपू सैनिक), तनहुँबाट टकमान गुरुङ, रुपा गुरुङ, रनबहादुर गुरुङ, भीमबहादुर गुरुङ, लमजुङबाट कृष्ण गुरुङ, टसबहादुर गुरुङ, सूचना गुरुङ, लालकुमारी गुरुङ, सूर्यबहादुर गुरुङ, गमबहादुर गुरुङ (गजेन्द्र), सन्तोष गुरुङ, वीरेन्द्र गुरुङ, गोर्खाबाट आसबहादुर गुरुङ, म्याग्दीबाट तेजबहादुर गुरुङ, नवलपुरबाट आशिफ गुरुङ (सञ्चारकर्मी), नवलपरासीबाट विष्णु गुरुङ, धादिङबाट गोपाल गुरुङ, सारदादेवी गुरुङ (रसुवा), रामबहादुर गुरुङ (ओखलढुंगा), चितवनबाट देउबहादुर गुरुङ, चित्रबहादुर गुरुङ (संचारकर्मी),सन्तोष गुरुङ (रसुवा), विनामाया गुरुङ (बारा), सविता गुरुङ (सिन्धुपाल्चोक), पानबहादुर ध्रुव गुरुङ (सिन्धुपाल्चोक), ईश्वर गुरुङ (नुवाकोट), दीपक गुरुङ (भक्तपुर), चन्द्रबहादुर गुरुङ (दाङ), आशाराम गुरुङ (रोल्पा), विन्द्रबहादुर गुरुङ (कपिलबस्तु), दलबहादुर गुरुङ (धादिङ) निर्वाचित भएको निर्वाचन समिति संयोजक शिवकुमार गुरुङले जानकारी दिए ।

नवनिर्वाचित समितिलाई नेकपा (एमाले) स्थायी समिति सदस्य, नेपाल लोकतान्त्रिक तमु संघका संस्थापक अध्यक्ष एवम अध्यक्ष मण्डलका अध्यक्ष किरण गुरुङ पद तथा गोपनीयताको सपथ ग्रहण गराए । ‘तमु जाति, भाषा र संस्कृतिः हाम्रो पहिचान राष्ट्रको सम्पत्ति’ नाराका साथ सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनको एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार उद्घाटन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा भिलेज अब चारतारे

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा लेकसाइडस्थित होटल पोखरा भिलेज रिसोर्ट एन्ड स्पा स्तरोन्नतिसहित फोरस्टार होटलको रुपमा सञ्चालन गरिएको छ । २०६६ सालबाट…
  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…

hero news full width