सहारा पुरस्कारबाट शाही सम्मानित

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७९
Sahara Photo~main

पोखरा । सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पत्रकार नारायण शाही सम्मानित भएका छन् ।

सहारा क्लब पोखराले २४ औं वार्षिकोत्सव समारोह अवसरमा बिहीबार आयोजित समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उनलाई २० हजार ५ सय ५५ रुपैयाँ र ताम्रपत्रसहित सम्मान गरेका हुन् । कास्कीलाई कार्यक्षेत्र बनाई खेलकुद बिटलाई प्राथमिकता दिई कम्तीमा १० वर्षदेखि पत्रकारितामा क्रियाशील हुनुपर्ने लगायत पुरस्कारको मापदण्ड कायम गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका सदस्य समेत रहेका शाहीले काठमाडौंबाट २०५३ सालदेखि पत्रकारिता सुरु गरेकोमा उनी १५ वर्षदेखि पोखरामा क्रियाशील छन् । जनसम्मत डटकमका सम्पादक उनी हाल एभरेष्ट मिडिया हाउसमा समेत कार्यरत् छन् ।

अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठिन प्रतिभा छनोट समितिले शाहीको नाम सिफारिस गरेको थियो । सो पुरस्कारबाट यसअघि कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, प्रेमनारायण न्यौपाने, राम गुरुङ, दीननाथ बराल, प्रदीप पौडेल, एकराज गिरि, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबि आस्था, सुरज श्रेष्ठ, विजय नेपाल, सन्देश श्रेष्ठ, इन्द्रप्रसाद पौडेल र दीपक परियार सम्मानित भइसकेका छन् ।

उक्त कार्यक्रममा क्लबले पत्रकार नारायण कार्कीलाई मानार्थ सदस्यबाट सम्मान गरेको छ । यस्तै, सहारा उत्कृष्ट सदस्य पुरस्कार–२०७८ बाट सिद्धार्थ थापालाई पुरस्कृत गरियो । क्लबको विकासमा अतुलनीय योगदान दिएकोमा उनलाई सम्मान गरिएको क्लबले जनाएको छ ।

सहारा क्लब पोखरा खेलकुदको पर्याय : मेयर आचार्य

कार्यक्रममा मेयर आचार्यले सहारा क्लब पोखरा खेलकुदको पर्याय रहेको उल्लेख गरे । उनले भने, ‘यहाँको खेलकुद विकासका लागि सहारा क्लब उदाहरणमात्रै होइन, खेलकुदको पर्याय बनेको छ ।’ यसको विकासका लागि पोखरा महानगर सधैं साथमा रहेको उनले बताए । क्लबले सञ्चालन गरेको एकेडेमी र हरेक वर्ष सञ्चालन गर्ने आहा रारा गोल्डकपमा महानगर सहयोग गर्ने उनको भनाइ थियो । क्लब रहेको स्थान दोबिल्लाको पुल र आसपासका बस्ती तथा घरहरु जोखिममा रहेकाले आगामी दिनमा नयाँ योजना बनाएर अघि बढ्ने उनले सुनाए ।

प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्यसचिव तेजबहादुर गुरुङले सहारा क्लबले पोखराको क्षेत्रमा खेलकुद र सामाजिक अभियानमार्फत पु¥याएको योगदान प्रशंसनीय रहेको बताए । उनले सहाराले आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्नुपर्नेमा जोड दिए । उनले पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुदलाई भब्यताका सफल बनाउन क्लबलाई सहयोग गर्न आग्रह गरे ।

पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पवन प्रजापति, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी, प्रतिभा छनोट समिति संयोजक नारायण कार्की, सम्मानित व्यक्तित्व नारायण शाही लगायतले सहाराको कामको प्रशंसा गरेका थिए । उनीहरुले आगामी दिनमा सहाराको काम सँगै सहकार्य गर्दै अघि बढ्ने बताए ।

सो अवसरमा क्लबले आफ्नो वार्षिक प्रतिवेदन समेत सार्वजनिक गरेको छ । क्लब अध्यक्ष हरिराम गुरुङ (सुरज) को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष केशवराज बराल र संचालन रामजीप्रसाद अधिकारीले गरेका थिए । खेलकुदमार्फत सामाजिक कार्यमा क्रियाशील सहारा क्लब पोखराले दोबिल्लामा सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी संचालन गर्दै आएको छ । क्लबमा हाल १६ बालकले आवासीय सुविधासहित शिक्षादीक्षा र फुटबल सिकिरहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरा भिलेज अब चारतारे

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा लेकसाइडस्थित होटल पोखरा भिलेज रिसोर्ट एन्ड स्पा स्तरोन्नतिसहित फोरस्टार होटलको रुपमा सञ्चालन गरिएको छ । २०६६ सालबाट…
  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…

hero news full width