माउन्ट अन्नपूर्णमा बाल दिवस

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७९
mount annapurna

पोखरा । माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल, नदीपुरले विविध कार्यक्रम गरी बाल दिवस मनाएको छ ।

विद्यालय प्राङ्गणमा आयोजित समारोहमा विद्यालयका नर्सरीदेखि १० सम्मका विद्यार्थीले नृत्य, गायन, कविता वाचन जस्ता प्रस्तुति राखेका थिए ।

त्यसैगरी, शिक्षकशिक्षिकाले पनि नृत्य र कविता वाचन गरी विद्यार्थीलाई मनोरञ्जन गराएका थिए भने कक्षा १२ का छात्राले नृत्य प्रस्तुत गरे । कार्यक्रममा विभिन्न ८ विधामा पुरस्कार वितरण गरिएको थियो ।

कक्षागतरुपमा अंग्रेजी निबन्ध लेखन प्रतियोगितासमेत गरियो । विद्यालय अध्यक्ष सुरजप्रकाश प्रधानाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य सइन्द्रराज श्रेष्ठले बालअधिकारको महत्व र बालापनको संरक्षणको महत्वमाथि प्रकाश पार्दै शुभकामना दिए । कार्यक्रम संचालन एकाडेमिक इन्चार्ज ध्रुव पोख्रेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width