ब्याजदरमा कायम भद्र सहमति तोडियो, अब बैंकहरुले स्वतन्त्र ढंगले घटबढ गर्न सक्ने

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७९
Build bank

पोखरा ।  बैंकहरुले ब्याजदरमा ६ महिनादेखि कायम गरेको भद्र सहमति तोडिएको छ । अब वाणिज्य बैंकहरुले स्वतन्त्र रुपले ब्याजदर तोक्ने सक्नेछन् । बैंकर्स संघको बिहीबार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैंकहरुको आफ्नो निक्षेप र कर्जाको अवस्था अनुसार ब्याजदर घटाउन, बढाउन वा स्थिर राख्न पाउनेछन् । तर यसअघि ब्याजदर बढाउँदा पनि निक्षेप वृद्धि भएको थिएन । त्यही भएर अब ब्याजदर बढ्छ वा बढ्दैन भन्ने केही टुंगो लागेको छैन ।

यता, केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत ऋण प्रवाहको सीमा पनि साँघुरो बनाएको छ । यसकारण पनि बैंकहरुले यो वर्ष एग्रेसिभ हिसाबले कर्जा प्रवाह गर्न सक्ने अवस्था छैन । यसर्थ, लगानीयोग्य रकम सहज भएका बैंकले ब्याजदर घटाउन पनि सक्नेछन् भने अवस्था गाह्रो भएकाले बढाउन पनि पाउनेछन् ।

तर यसरी घटबढ गर्दा अघिल्लो महिना कायम दरमा एक पटकमा १० प्रतिशत भन्दा बढीले तलमाथि गर्न पाइनेछैन । यसआधारमा ब्याज बढाइहालेमा पनि असोजमा बैंकहरुले अधिकतम १२.१३ प्रतिशत सम्म मात्र निक्षेपमा ब्याज दिन सक्नेछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width