लेखनाथमा  बसले ठक्कर दिँदा वृद्धाको मृत्युु 

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७९
accident

लेखनाथ ।  पोखराको लेखनाथमा माइक्रोबसको ठक्करबाट एक वृद्धाको मृत्युु भएको छ । बुधबार साँझ शिसुवा चोकमा ग१ख ६८३० नंको माइक्रोबसले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पोखरा–३१ मोहोरिया निवासी ७८ वर्षकी देवकला बन्जराको मृत्युु भएको हो ।
पैदलयात्रा गरिरहेको अवस्थामा बसले बन्जरालाई बसले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते बन्जराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गर्दागर्दै मृत्युु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । बस चालक प्रहरी नियन्त्रणमा छन् ।   रासस
–––

Related News

सम्बन्धित समाचार

hero news full width