जनता समाजवादी तमुवानको प्रशिक्षण

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७९
Janata Samajbadi

लेखनाथ । जनता समाजवादी तमुवान राष्ट्रिय समितिको प्रथम बैठक तथा प्रशिक्षण कार्यक्रम भएको छ ।

पूर्व मन्त्री समेत रहेका जसपा केन्द्रीय कार्यकारिणी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिवलाल थापामगरले आफूहरुले चाहेको संघीयता अहिलेको जस्तो भएको नभई जातीय पहिचानसहितको संघीयता भएको बताए ।

पहिचान र सामथ्र्य आधारलाई टेकेर शासकीय स्वरुप र राज्यको पुनर्संरचना गरिनुपर्ने बताउँदै थापाले अहिलेको संविधान अधुरो र अपुरो रहेकाले यसलाई पूर्णता दिइनुपर्ने बताए ।

पार्टीका राज्य समिति सदस्य एवं तमुवान राज्य समिति इन्चार्ज रुद्रबहादुर गुरुङले यथास्थितिवादीहरुले फुटाऊ र शासन गरको सिद्धान्त अनुरुप तमु जातिको एकता बिथोल्ने गरेको आरोप लगाउँदै उनीहरुलाई बहिष्कार गरिनुपर्ने बताए ।

कार्यक्रममा राज्य समिति सदस्य एवं मगरात राज्य समितिका सहइन्चार्ज निर्मल जिसी, जसपा राजनीतिक समिति सदस्य तथा गण्डकी प्रदेश संयोजक धनप्रसाद तामाङ, केन्द्रीय सदस्य याममाया पुन मगर, समाजवादी विद्यार्थी युनियन गण्डकी अध्यक्ष विषम भुजेल लगायतले बोलेका थिए । जसपा तमुवान राष्ट्रिय समितिका अध्यक्ष मनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य उमा गुरुङले स्वागत र सचिव चन्द्र तामाङ ‘मुस्कान’ ले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width