पल्सर १२५ एनएसको बिक्री सुरु

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७९
Pulsar 125Nss

पोखरा । इच्छाशक्ति अटोमोवाइल्स प्रालि पोखराले बुधबारबाट बजाज कम्पनीको पल्सर १२५ एनएस मोटरसाइकलको बिक्री सुरु गरेको छ ।

कम्पनीको नयाँबजारस्थित सो रुममा आयोजित समारोहमा पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पवनकुमार प्रजापति एवं संघका पदाधिकारीले उक्त मोटरसाइकलको सामूहिक अनावरण गरे । मोटरसाइकलको मूल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ छ ।

२ दशकदेखि नै आफ्नो पृथक डिजाइनका लागि चिरपरिचित कम्पनीले पल्सर एनएस सिरिजअन्तर्गतको उक्त १२५ सिसीको मोटरसाइकल बजारमा ल्याएको प्रालिका बिक्री प्रमुख प्रवीणबहादुर अर्यालले जानकारी दिए । उनका अनुसार ग्राहक वर्गमा केही पृथक एवं आनन्ददायी किसिमको मोटरसाइकल चलाउने चाहना परिपूर्ति गर्न उक्त मोडलको मोटरसाइकलको बिक्री थालनी गरिएको हो ।

डिटिएस–इन्जिन, वाइक चलाउने क्षमता बढाउने एक्जास टेक, स्टेविलिटी बढाउन लङ्ग ह्वील वेस, डिजिटल डिस्प्ले, कम गतिमा पनि पूरा प्रकाश दिने डिसी लाइटिङ, डिसी इग्निसन सिष्टम, चौडा टायर, एन्टिस्किड ब्रेकिङ प्रणाली र साइडस्ट्याण्ड सेन्सर जस्ता विशेषता यो मोटरसाइकलले बोकेको छ ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष प्रजापतिले मोटरसाइकललाई अब सरकारले भनेजस्तो बिलासी बस्तुको रुपमा नभई अत्यावश्यक वस्तुको रुपमा राखिनुपर्ने भनाइ राखे । नेपालमा विद्युतीय गाडीको बिक्रीवितरण बढाउँदै लैजाने नीति कार्यान्वयन गर्नुअघि सरकारले सर्र्भे गर्नुपर्ने माग पनि उनले गरे । डिजल र पेट्रोलबाट चल्ने सवारीसाधन विस्थापित गर्दै लैजानुपूर्व उक्त सर्भे जरुरी भएको उनको भनाइ थियो । सहर साँघुरा हुँदै गएका कारण गाडीभन्दा मोटरसाइकलको उपादेयता बढ्दै गएको उनले बताए । कोरोनाका कारण अहिले व्यवसाय अफ्ठ्यारोबाट केही उठ्न थालेको बताउँदै उनले बैंकको चर्को ब्याजले यसमा समस्या थपेको टिप्पणी गरे ।

पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एसोसिएसन अध्यक्ष मोहनबाबु खड्काले बिक्री सेवा र पार्टस्का हिसाबले बजाज कम्पनीका मोटरसाइकल प्रयोगकर्तामाझ लोकप्रिय रहेको बताए । उनले नयाँ मोटरसाइकलको बिक्रीवितरण सुरु गरेकोमा प्रालिलाई धन्यवाद दिए ।

कम्पनीका प्रबन्ध निर्देशक इच्छामान बुद्धाचार्यले २४ वर्षदेखि ग्राहकको चाहनालाई ध्यानमा राखी कम्पनीले बजाजका मोटरसाइकल बिक्रीवितरण गर्दै आएको जानकारी दिए । उनले उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष लगायत पदाधिकारीलाई बधाई ज्ञापन गर्दै अन्य समयमा पनि उद्योगी व्यवसायीको नजिक रही समस्या समाधानमा सघाउन सुझाव राखे । कम्पनीका प्रबन्धक भगवान् विजुक्छेले कार्यक्रम संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखराबाट अथर स्कुटरको बिक्री सुरु

    आदर्श समाज सम्वाददाता फागुन १३, २०८०
    पोखरा । एथर इलेक्ट्रिक स्कुटर पोखरामा बिक्री सुरु भएको छ । एथरका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता अटोवेज प्रालिमा शनिबार…
  • अर्थ मन्त्रीसँग सवारी साधनहरुको रिएक्सपोर्टको सम्बन्धमा छलफल

    आदर्श समाज सम्वाददाता पौष १२, २०८०
    पोखरा । नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले माननीय अर्थ मन्त्री श्री प्रकाशशरण महतसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा…
  • पोखरामा देशकै ठूलो अटो मेला

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा। नेपालमा विद्युतीय गाडीहरूको माग बढेको छ । विद्युतीय गाडी (इभी) प्रवद्र्धनको सरकारी नीति एवं इन्धनमा गरिने खर्च बचतका कारण…
  • पोखरामा सिट्रोनको अत्याधुनिक सोरुम

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । पोखरामा सिट्रोन कारको शोरुम सञ्चालनमा आएको छ । पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेता एसएसएल मोटर्सको सोरुम पोखराको नयाँबजारमा…
  • सामुदायिक विद्यालयलाई बस किन्न अटोवेजको सहयोग

    आदर्श समाज सम्वाददाता श्रावण ३२, २०८०
    पोखरा । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न भारतबाट ६ वटा स्कुल बस नेपाल ल्याइएको छ । अटोवेज प्रालिको सहयोगमा…

hero news full width