नेपाल–भारत मैत्री सभा पोखरामा

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७९
Nepal Bharat (1)

पोखरा । नेपाल–भारत मैत्री संघको आठौं वार्षिक केन्द्रीयमैत्री सभा आगामी असोज १ गते पोखरामा हुने भएको छ ।

सभामा नेपाल र भारतबाट गरी ३ सय सहभागीको उपस्थिति रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पोखराको पर्यटन प्रबद्र्धनमा सघाउने मुख्य उद्देश्यका साथ सभालाई पोखरामा आयोजना गर्न लागिएको संघका कार्यवाहक अध्यक्ष शैलेन्द्रमोहन झाले जानकारी दिए ।

सभामा अध्यक्ष, महासचिव र कोषाध्यक्षका प्रतिवेदन प्रस्तुत हुनुका साथै पोखराको पर्यटनबारे समेत चर्चा हुने उनले बताए । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको पनि उपस्थिति हुने जनाइएको छ । मैत्री संघले नेपालका विभिन्न जिल्लामा कोभिड १९, भुकम्प र बाढी पहिरोजस्ता समस्याका वेला राहत र सहयोग प्रदान गर्दै आएको जानकारी पनि अध्यक्ष झाले दिए ।

संघका वरिष्ठ उपाध्यक्ष तुलबहादुर साउदले पर्यटकीय सहर पोखरामा संघको कार्यक्रम हुनुले यस क्षेत्रको प्रवद्र्धनमा टेवा पुग्ने भनाइ राखे । कार्यक्रमलाई सफल पार्न तयारी अघि बढिसकेको जानकारी पनि उनले दिए ।

संघका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश अध्यक्ष ऋषिराम सापकोटाले उक्त सभाले पोखराको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने भनाइ राखे । मैत्री संघले नेपाल र भारतको सम्बन्धमा थप प्रगाढता ल्याउन काम गर्दै आएको जानकारी पनि उनले दिए । कार्यक्रमको संचालन संघका महासचिव बोधकृष्ण सुवेदीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width