अग्निपीडितलाई सहयोग

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७९
Apangamaitri News

लेखनाथ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा ६, घार पोखरे बगरकी अग्निपीडित यामकुमारी खड्कालाई घार म्याग्दी पोखरा समाजले सहयोग गरेको छ ।

गत भदौ १२ मा खाना पकाउने क्रममा ग्यास पड्किएर घाइते खड्कालाई समाजको सक्रियतामा विभिन्न सहयोगी दाताहरुबाट संकलन गरिएको ९० हजार गण्डकी हस्पिटलमै पुगी हस्तान्तरण गरिएको हो ।

उनीसँगै घटनामा परेकी नन्दकुमारी वरुवालको उपचारक्रममा निधन भएको थियो । एकल महिला र आर्थिक अवस्था पनि कमजोर रहेकाले घार म्याग्दी पोखरा समाज र शुभकामना सहकारी संस्थाको पहलमा विभिन्न सामाजिक संघसंस्था तथा देश विदेशमा रहेका दाजुभाइसँग हारगुहार गरेर संकलन गरिएको रकमलाई घाइतेको उपचारमा सहयोग पुग्ने उद्देश्यले हस्तान्तरण गरिएको समाजका अध्यक्ष प्रेमशंकर वरुवालले बताए । उपचारक्रममा उनको स्वास्थ्य अवस्थामा क्रमशः सुधार हँुदै आएको र अझै थप उपचारका लागि पनि पैसा अपुग भएकाले आर्थिक संकलन अभियान निरन्तर रहेकोले सहयोग गर्न चाहनेले मो.९८४६०३२८०१ मा सम्पर्क गर्न समाजले अपील गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width