‘गलत नेतालाई भोट दिंदा देश बर्वाद’

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७९
Rajendra lingdels

स्याङ्जा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिंङ्देनले गलत नेता र पार्टीलाई भोट दिंदा देश नै बर्वाद हुने बताएका छन् ।

बुधवार स्याङ्जामा आयोजित बृह्त आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै भोट दिंदा छोरी अन्माउदा झैं धेरै सोचविचार गरेर दिनुपर्ने बताए । ‘देशको अवस्था हेर्दा सामान्य देखिन्छ तर सामान्य छैन,’ उनले भने, ‘तीन दशकदेखि नेपालको राजनीतिमा प्रजातन्त्र लोकतन्त्र र गणतन्त्रका नाउँमा सीमित राजनीतिक दलका सीमित नेताले देश र जनतालाई सिन्डिकेट गरी बन्धक बनाए ।’

अध्यक्ष लिङ्देनले सरकार, सरकारजस्तो नभएको र अदालत, अदालत जस्तो पनि र सांसद, पनि सांसद जस्ता नभएको बताए । केही भ्रष्ट नेता र केही भ्रष्ट न्यायाधीशबाट देश चलिरहेको पनि उनको आरोप थियो । चोलेन्द्रशमशेर राणा महाभियोगका भागीदार हुन् कि होइनन् भन्ने कुरा उनका भनाइबाटै प्रष्ट भैरहेको उनको धारणा छ ।

आउदो मंसिर ४ मा राप्रपालाई मत माग्दै देश दौदाहामा निस्केको बताउँदै उनले सही पार्टी र उम्मेदवारलाई मत दिई यसपटक राप्रपालाई हेर्न समेत आग्रह गरे । पटक–पटक अरु पार्टीलाई हेरिसकेको बताउँदै यस पटक राप्रपालाई मत दिन आग्रह गर्दै राप्रपा विजयी भएमा देशको अवस्था नै परिवर्तन गर्ने र भ्रष्टाचार शून्य बनाउने उद्घोष गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य तोरणबहादुर गुरुङ, हिम्मतजंग कार्की र उदयराज पोखरेल, गण्डकी प्रदेशका पञ्चराम गुरुङ, पूर्व उपसचिव मदनबहादुर कार्की, भूतपूर्व सैनिक संघका केन्द्रीय अधयक्ष प्रकाशजंग कार्की, महिलानेतृ छमकला कँुवर लगायतले शुभकामना सहित राप्रपालाई मत दिई विजयी गराउन आग्रह गरे ।

राप्रपा जिल्ला अध्यक्ष इन्द्रप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तुलसिंह ठकुरीले स्वागत गरेका थिए । कार्यक्रममा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेस परित्याग गर्दै झन्डै २ दर्जन युवायुवती राप्रपा प्रवेश गरेको राप्रपाले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width