नवौं राष्ट्रिय खेलकुदका ३६ खेलको खेलस्थल सार्वजनिक

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०७९
306543637_1155728358628552_8449222644092795719_n

पोखरा, २९ भदौ । आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलहरुको खेलस्थल टुंगो लागेको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रचार प्रसार समितिले पोखरामा बुधबार साँझ पत्रकार सम्मेलन गरी प्रतियोगितामा समावेश ३६ खेलको खेल स्थल सार्वजनिक गरेको हो । खेलहरु अधिकांश गण्डकी प्रदेश राजधानी पोखरा केन्द्रित छन् ।

क्रिकेट पुरुष काठमाडौं, फुटबल महिला वालिङ, भलिबल महिला तथा तेक्वान्दो म्याग्दी, बुद्धिचाल गोरखा, कुस्ती र सेपाक्टाको महिला तथा पुरुष नवलपुर, सुटिङ काठमाडौं, कराँते पर्वत, आइटिएफ तेक्वान्दो बागलुङ बाहेक बाँकी सबै खेलका प्रतियोगिता पोखरामा हुने छन् ।

खेल स्थल छनोट समिति संयोजक एवं राखेप बोर्ड सदस्य राजेशकुमार गुरुङले प्राविधिक कारणले खेलस्थल परिवर्तन हुने अवस्था आएमा पछि परिवर्तन गर्न सकिने बताए । नवौं राष्ट्रिय खेलकुद आगामी असोज २८ देखि कात्तिक ३ सम्म हुँदैछ ।

हेर्नोस् विज्ञप्ति-

Related News

सम्बन्धित समाचार

hero news full width