डेंगु संक्रमण बढ्यो

आदर्श समाज सम्वाददाता
भाद्र २९, २०७९
dengue mosquito

लमजुङ । लमजुङमा २ महिना नबित्दै १० जनामा डेंगुको संक्रमण फैलिएको छ । साउन तथा भदौको आखिरीसम्म १० जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ ।

कार्यालयका अनुसार तीमध्ये २ जना जिल्ला अस्पतालमा उपचाररत छन् । १ जनामा स्क्रबटाइफससमेत देखिएको चिकित्सकले बताएको अस्पतालको भनाइ छ ।

साउनमा ६ जना र भदौमा ४ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय कार्यालयका प्रमुख अमर दवाडीले बताए । जिल्ला अस्पतालमा ९ र सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा परीक्षण गर्दा १ जनामा डेंगु संक्रमण देखिएको हो । उनले भने, ‘डेंगुबाट सदरमुकाम बेसीसहर बढी प्रभावित भएको छ । यस नगरपालिकाका ४ जनामा संक्रमण पुष्टि भएको छ ।’

त्यस्तै, सुन्दरबजार र राइनासमा २÷२ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी, दोर्दी र मस्र्याङ्दी गाउँपालिकाका १÷१ जनामा देखिएको हो । संक्रमितमध्ये ५ पुरुष र ५ महिला छन् । उनीहरु ७ महिनादखि बढीमा ६० वर्ष उमेर समूहका रहेको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए । ३ सय ७५ जना बिरामीको परीक्षण गरिएकोमा अस्पतालमा ९ जनामा डेंगु देखिएको हो । एक जनाको भने जिल्ला बाहिर पहिचान खुलेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width