अपवित्र गठबन्धन भत्काउन एमालेले जित्नैपर्छ- ओली

आदर्श समाज सम्वाददाता
भाद्र २८, २०७९
kp oli (1)

पोखरा, २८ भदौ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सत्तागठबन्धनले देश बर्वादीमा लगेकोले मंसिर ४ को चुनाव एमालेले जित्नैपर्ने बताएका छन् । नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनको मंगलबार समुद्घाटन समारोहमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेको एमाले अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

‘सत्तागठबन्धनले देश बर्बादीतर्फ धकेलिरहेको छ । परराष्ट्र सम्बन्ध बिगारेको, राष्ट्रियतामा संकट उत्पन्न पारिरहेको छ’ उनले भने, ‘यो सरकारले स्वाधीनताको स्वतन्त्रताको उपयोग गर्ने हिम्मतै गर्दैन । सत्ता प्राप्ति, सत्ता जोगाउने र लुटतन्त्र गर्ने उसको उद्देश्य हो । देश विकास र जनताप्रति उत्तरदायी हुने कुनै कामै गरेको छैन ।’

देशको अर्थतन्त्र ओरालो लागिरहेको अवस्थामा सत्तागठबन्धनले बजेट बनाउन केही व्यापारिक प्रतिनिधि राखेर कर्जा दर तोक्ने सेटिङ ग¥यो । देशको ढिकुटी रित्याउने खेलमा लागेको उनको आरोप थियो । ‘अपवित्र साँठगाँठ र मलत मनसायले परमादेशबाट बनेको यो सरकार जनताको जनादेशबाट नभई अदालतको प्रांगणमा भेटिएको हो,’ उनले व्यङ्ग्य गरे ।

राष्ट्रियता बचाउने, सुशासन कायम गर्ने, विकासको अभ्यास अगाडि बढाउनका लागि आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव एमालेले जित्नैपर्ने उनको जोड थियो । उनले अहिले पनि एमाले ठूलो पार्टी भएको उल्लेख गर्दै उनले चुनावपछि बहुमतवाला पार्टी हुनुपर्ने बताए ।

अहिलेको चुनाव आउँछ, जान्छ जस्तो होइन । को सत्ता पक्ष, को प्रतिपक्षी भन्ने हैन । एमसिसीका मस्यौदा भित्रभित्रै बन्न लागेको थियो, चुनावको बेला जनतामा नकारात्मक असर पर्छ भनेर आफूहरु पछि हटेको भन्दै उनले अहिलेको चुनाव एमालेले नतिजे देश रणमैदान बन्ने अवस्था आउने दाबी गरे ।

उनले चुनावमा साझा गन्तव्य बनाई कसले कुन जिम्मेवारी लिंदा ठिक हुन्छ, त्यही लिएर अघि बढ्न कार्यकर्तालाई सुझाव दिए । उनका अनुसार अहिले एमालेमा ९ लाख भन्दा बढी सदस्य छन् । आफ्ना विगतका कामकारबाहीको राम्ररी समीक्षा गरेर आजको परिस्थिति मूल्यांकन गरेर भविष्यको योजना बनाउनुपर्ने उनले बताए ।

‘अलौकिक प्रक्रिया रोकी मत दिन पाउने जनताको सार्वभौम अधिकार जनताको हो । अरु जनवर्गीय संगठन हुँदाहुँदै चुनावमा बुथ कसैले कब्जा गर्छ भने हाम्रो कमजोरी हुनेछ,’ उनले कार्यकर्तालाई चुनावमा सचेत रहन आग्रह गर्दै भने ।

सत्तागठबन्धनले वृद्धभत्ताको लागि उमेर घटाएकोमा उनले रोष प्रकट गरे । ‘हामीले १ सय रुपैयाँबाट बढाएर ४ हजार पु¥यायौं । उसले के के न ग¥यौं भनेर ६८ वर्षमा झारेको छ । नेपालीको सरदर आयु ७२ वर्ष हो । यसरी वृद्धभत्ताको लागि बर्सेनि उमेर घटिरहने हो भने मान्छे जन्मिने वित्तिकै वृद्ध भत्ता खाने दिने आउँछ,’ उनले भने, ‘अर्थतन्त्र ओह्रालो लागेको बेलामा वृद्धभत्ता घटाउनुपर्ने आवश्यकता छैन । कांग्रेसले भोट बेस्सरी झर्छ भनेर ठानेको होला । अहिले केही नभेटाएर उमेर घटायो ।’

समृद्ध नेपाल, सुखी नेपाली नारासहित विगतमा आफ्नो नेतृत्वको सरकारकाले विकास निर्माणको कार्यलाई दू्रतरुपमा अघि बढाएकोमा माधव नेपाल, झलनाथ खनालहरुले आफ्नै पार्टी फुटाएको ओलीको आरोप थियो ।

‘आफ्नै एमाले नेतृत्वको सरकार ढाल्ने काम माधव नेपाल, झलनाथ खनालहरु पार्टी फुटाउने खेलमा लागे,’ उनी आक्रोशित बने, ‘चुनावमा के देखेर माधव नेपालको पार्टीलाई भोट दिने ? कुन कामका लागि भोट दिने ? पार्टी फुटाएकोले, सरकार ढालेकोले, केका लागि भोट दिने वा प्रतिक्रियावादीको सभामा सामेल भएर एमालेलाई गाली गरेवापत् ?’

माधव नेपालको पार्टी र माओवादीले आगामी चुनावमा थ्रेस होल्ड पार गरेर आउनै नसक्ने ओलीको दाबी थियो । उनले भने, ‘माधव नेपालको पार्टीलाई के गर्न हुने, के गर्न नहुने छैन । किन भोट दिने ?’ आफूले काम गर्न नसक्ने र अरुले गरेको रिस डाहा गर्ने प्रवृत्ति माधव नेपालमा रहेको ओलीको आरोप छ ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width