एनपिएल टी–२० क्रिकेट लिगका लागि पोखरा एभेन्जर्स तयार

आदर्श समाज सम्वाददाता
भाद्र २८, २०७९
c

पोखरा । नेपाल क्रिकेट संघको आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताका लागि पोखरेली टिम ‘पोखरा एभेन्जर्स’ ले प्लेयर स्वायड सार्वजनिक गरेको छ । पोखराको टिमका लागि मार्की प्लेयरमा मोहम्मद असिफ सेख रहेका छन् भने शरद भेषावकर पनि पोखराबाटै खेल्नेछन् । पोखराका अन्य खेलाडीहरुमा कुशल मल्ल, प्रतिस जिसी, आरिफ शेख, तुलबहादुर थापा, विसन विक्रम केसी, कृष्ण कार्की, विपिन खत्री, सुमित महर्जन र सिद्धान्त लोहनी रहेका छन् ।

विदेशी खेलाडीहरुमा पाकिस्तानी विकेट किपर व्याट्स्म्यान मोहम्मद हाफिज, पाकिस्तानकै सलमान इर्साद तथा श्रीलंकन खेलाडीहरु निरोशान डिक्वेला, शेहन मधुशंका जस्ता दिग्गज खेलाडीहरुलाई पोखरा एभेन्जर्सले आफ्नों टिममा अनुबन्धन गराएको छ । सुवोध त्रिपाटी र आतिस ज्ञवालीको वर्नशिपमा रहेको यो टिम मेण्टरमा भारतका पूर्वखेलाडी सन्दीप पाटिल रहेका छन् । प्रतियोगिता आगामी असोज ८ देखि कार्तिक ५ गते सम्म टियु खेल मैदानमा हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • घरेलु मैदानमा नेपाललाई सफलता

    आदर्श समाज सम्वाददाता मंसिर ३, २०७९
    पोखरा । नेपालले युएईलाई शुक्रबार ६ विकेटले हराएर घरेलु मैदानमा पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखला जितेको छ । नेपालले…
  • वाईवाई छनोट क्रिकेटमा नवलपुर च्याम्पियन

    आदर्श समाज सम्वाददाता कार्तिक ३०, २०७९
    पोखरा । वाईवाई गण्डकी प्रदेशस्तरीय क्रिकट छनोट प्रतियोगितामा नवलपुर लिगको शीर्षस्थानमा रहँदै च्याम्पियन बनेको छ । नवलपुरले ३ खेलमा पूरा…
  • स्याङ्जाद्वारा तनहुँ पराजित

    आदर्श समाज सम्वाददाता कार्तिक २९, २०७९
    पोखरा । वाईवाई गण्डकी प्रदेशस्तरीय क्रिकट छनौट प्रतियोगितामा स्याङ्जाले तनहुँलाई ५ विकेटले पराजित गरेको छ । क्रिकेट संघ, गण्डकीको आयोजनामा…
  • वाइवाई छनोट क्रिकेटमा नवलपुर ३७ रनले विजयी

    आदर्श समाज सम्वाददाता कार्तिक २८, २०७९
    पोखरा । वाइवाई गण्डकी प्रदेश स्तरीय क्रिकट छनोट प्रतियोगितामा नवलपुरले तनहुँलाई पराजित गरेको छ । प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा…
  • नेपालमा यू–१९ महिला विश्वकप क्रिकेट हुने

    आदर्श समाज सम्वाददाता कार्तिक २७, २०७९
    पोखरा । नेपालमा आगामी सन् २०२७ मा यू–१९ महिला विश्वकप क्रिकेट हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले सन्…

hero news full width