गोरखा मिलन समाजमा कोपिला

आदर्श समाज सम्वाददाता
भाद्र २८, २०७९
Gorkha milan samaj final news

पोखरा । गोरखा मिलन समाज पोखराको २३ औं साधारणसभा तथा १२ औं अधिवेशनबाट अध्यक्षमा कोपिला श्रेष्ठ निर्वाचित भएकी छन् । समिति उपाध्यक्षमा अग्रिम श्रेष्ठ, महासचिव सन्तबहादुर लामिछाने, सचिव शीतल श्रेष्ठ, कोषाध्यक्षमा गीता खनाल र सहकोषाध्यक्ष पूनम गुरुङ श्रेष्ठ चयन भए । सदस्यमा विकास नेपाली, काजिबाबु श्रेष्ठ (गाउँले), शेरबहादुर राना, धीराज श्रेष्ठ, उमेशचन्द्र देवकोटा, दीपक भण्डारी, र अनुप पाण्डे छन् ।

सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्यले गोरखा मिलन समाज सबैको साझा समाज भएकाले गोरखाबाट पोखरा आएर बस्ने सबै यसमा आबद्ध हुुनुपर्ने बताए । समाजले विपन्न र जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ भने विभिन्न सामाजिक काममा अग्रणी भूमिकामा छ । कपिल पोखरलेको नेतृत्वले गोरखाको खोप्लाङ्मा गरेको बृहत निशुल्क स्वास्थ्य शिविरदेखि हालसम्मका कार्यक्रम सभामा प्रस्तुत गरिएको थियो ।

सो अवसरमा छात्रवृत्तिका संस्थापक लक्ष्मण श्रेष्ठ, वयोबृद्ध सदस्य मेघनारायण श्रेष्ठ तथा पत्रकारिता मार्फत समाजलाई योगदान गरेको भन्दै पत्रकार सुवास अम्गाईलाई सम्मान गरिएको थियो भने आजीवन सदस्यहरु, तथा स्वर्ण सदस्यलाई सदस्यता प्रमाणपत्र दिइएको थियो ।

नवनिर्वाचित अध्यक्ष कोपिला श्रेष्ठ समाजको समग्र हितको पक्षमा काम गर्ने बताइन् । उनले आफ्नो सासूआमा स्व. काशीमाया श्रेष्ठको नाममा १ लाख ५० हजार बराबरको अक्षकोष स्थापना गर्ने घोषणा गरिन् । समाजको स्थापनादेखि हालसम्मका गतिविधिसहितको समाज परिचय निवर्तमान अध्यक्ष तिलक तिवारीले राखेका थिए ।

अध्यक्ष कपिल पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव अग्रिम श्रेष्ठ र उपाध्यक्ष कोपिला श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • ‘महिला हिंसा अन्त्य गर्न कडा कानुन’

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    पोखरा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले महिला हिंसा अन्त्यका कडा कानुन बनाउनुपर्ने…
  • पोखरा महोत्सव सफल पार्न ३७ उपसमिति र संयोजक चयन

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    पोखरा । एघारौं संस्करणको पोखरा महोत्सव २०७९ सफल बनाउन विभिन्न ३७ उपसमितिहरु गठन गरी संयोजक तोकिएको छ । महोत्सव सफल…
  • स्टेप बाइ स्टेप माविमा खेलकुद

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    पोखरा । स्टेप बाइ स्टेप मावि पोखरामा ३४ औं वार्षिक खेलकुद प्रतियोगिता आइतबार सुरु भएको छ । विद्यालयका संस्थापक निर्देशक…
  • हिंसाको प्रतिकार गर्नुपर्नेमा जोड

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    पोखरा । हिंसा सहेर बस्न नहुने, हिंसाको प्रतिकार गर्नुपर्ने शनिबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । सञ्चारिका…
  • शिवशक्ति क्याम्पसका प्रमुखमा चन्द्रकान्त नियुक्त

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    पोखरा । पोखरा–११, फूलबारीस्थित शिवशक्ति क्याम्पसको प्रमुखमा सहप्राध्यापक चन्द्रकान्त रेग्मी नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष टुवराज बास्तोला…

hero news full width