सवारी यात्रु एप सार्वजनिक

आदर्श समाज सम्वाददाता
भाद्र २८, २०७९
Gaidakot yatayat narayanghat

गैंडाकोट । जि एन्ड जि ग्रुप प्रालिले पत्रकार सम्मेलनमार्फत् यात्रु ओसारपसारका लागि सहयोगी सवारी एप सार्वजनिक गरेको छ । सोमबार नारायणगढमा पत्रकार सम्मेलन गर्दै ग्रुपका सञ्चालक शेरबहादुर शाहले नारायणगढबाट सवारी सेवाको परीक्षण थालिएको बताए ।

सवारी यात्रु ओसारपसार अनलाइन एप हो । सवारीले अहिले काठमाडौं, पोखरा, बुटवल र भैरहवाबाट सेवा दिइरहेकोमा चितवनबाट पनि सेवा सुरुआत गरेको छ ।

मोटरसाइकल, ट्याक्सी र अटोमार्फत् सवारीले ५० किलोमिटरसम्मको सेवा दिइरहेकोमा छिट्टै नै यसको दूरी बढाउने र नजिकका मुख्य सहरमा पनि सेवा दिने लक्ष्य राखेको छ । स्मार्ट फोनमा एप डाउनलोड गरेर एपमा उपलब्ध फिचरमार्फत् यात्रुले सेवा लिन सक्नेछन् ।

मोटरसाइकल प्रयोग गर्नेले प्रतिकिलोमिटर २० रुपैयाँ, ट्याक्सीको ५५ रुपैयाँ र अटोको ४५ रुपैयाँ शुल्क तिर्नुपर्नेछ । चितवनमा परीक्षणको रूपमा अहिले अटो र ट्याक्सीबाट मात्रै सेवा दिइएको चितवन शाखा प्रमुख विपीन काफ्लेले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width