कास्कीबाट माओवादीले पठायो आकांक्षी सूची

आदर्श समाज सम्वाददाता
भाद्र २८, २०७९
Moist

पोखरा । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) ले कास्कीबाट सम्भावित उम्मेदवारको सूची पठाएको छ । जिल्ला पार्टी कमिटीमा छलफल गरेर उनीहरुको नाम प्रदेश कमिटीमा पठाइएको हो ।

कास्की क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य बन्न यशोदा सुवेदी गुरुङ, राजकाजी गुरुङ ‘करण’, तेजकुमारी पौडेल र शिवजी लामिछानेले आकांक्षा देखाएका छन् । करण यसअघि कास्की २ (ख) बाट प्रदेशसभामा प्रतिस्पर्धा गरेका थिए । सबैतिर बामगठबन्धनले चुनाव जित्दा उनी कांग्रेसका बिन्दुकुमार थापासँग पराजित भएका हुन् ।

यस्तै, प्रदेशसभातर्फ (क) बाट हालका सांसद दीपक कोइरालासहित नेताहरु विश्वप्रकाश लामिछाने, विमला पहारी, छवि लामिछाने र अमरदीप पराजुलीले नाम टिपाएका छन् । प्रदेशसभा (ख) मा गायत्री गुरुङ, शरदचन्द्र बराल, तोरण गुरुङ र सूर्यप्रकाश तिवारीको नाम छ । गायत्री हाल गण्डकी प्रदेशसभामा समानुपातिक सांसद हुन् । क्षेत्र २ बाट सुमन देवकोटा र गंगा पोखरेलको नाममात्रै गएको छ ।

प्रदेशसभा (क) मा जनकराज पराजुली र भक्तबहादुर खत्री तथा प्रदेशसभा (ख) मा विनय थापा, हरिनारायण गिरी, रुद्र विश्वकर्मा र रामजी आचार्यलाई पठाइएको माओवादी कास्कीले जनाएको छ । क्षेत्र ३ बाट प्रतिनिधिसभामा रामजीप्रसाद बराल, दुर्गाकुमारी विक, नवराज भण्डारी र बलराम सुवेदीको नाम सिफारिस भएको छ । बराल हाल गण्डकी प्रदेशसभाको सांसद तथा अर्थमन्त्रीको भूमिकामा छन् ।

गठबन्धन कायम भए माओवादीले कास्कीमा प्रतिनिधिसभा १ क्षेत्र र प्रदेशसभाका २ क्षेत्रमात्रै

प्रदेशसभा (क) बाट आशमान रोका, सिर्जना त्रिपाठी, भोजराज पौडेल, टंकप्रसाद अधिकारी र तीर्थ लुइँटेलको नाम छ भने (ख) बाट अग्नि कँडेल, दुर्गादत्त भण्डारी, त्रिभुवन पौडेल, हरिप्रसाद भण्डारी र गोविन्द्र अधिकारीलाई सिफारिस गरिएको हो । समानुपातिक संघतर्फ सोमति गुरुङ, बखानसिंह तमु, राजकुमारी दुलाल, जुवेदा खातुन र अनिता भूर्तेल तथा प्रदेशमा अलिसा आले, जगमाया सुनार, गोमा ढकाल, विश्वेश्वर आचार्य र सन्तबहादुर भुजेलको नाम सिफारिस भएको छ ।

गठबन्धन कायम भए माओवादीले कास्कीमा प्रतिनिधिसभा १ क्षेत्र र प्रदेशसभाका २ क्षेत्रमात्रै पाउने बुझिएको छ । त्यसो हुँदा माओवादीले क्षेत्र १ बाट प्रतिनिधिसभामा बढी दाबी गरेको देखिन्छ । यसअघि क्षेत्र २ बाट चुनाव लडेका राजकाजी १ बाट प्रतिनिधिसभामा दाबी गरेका छन् । त्यसो त अर्का नेता दीपक कोइराला पनि क्षेत्र १ कै प्रदेशसभा (क) बाट दाबी गरेका कारण नेताको पहुँचमा निर्भर हुन्छ । कास्कीमा गुरुङ र कोइरालाबीच बढी प्रतिस्पर्धा हुन्छ ।

यसैबीच, माओवादी केन्द्रले जिल्ला, निर्वाचन क्षेत्र र पालिकाको इन्चार्ज र संयोजकहरु तोकेको छ । जिल्ला संयोजकमा केशव पौडेललाई जिम्मेवारी दिइएको छ । क्षेत्र १ इन्चार्जमा तेजकुमारी पौडेल र संयोजक विनय थापा, प्रदेशसभा (क) इन्चार्जमा सोमति गुरुङ र संयोजक निर्मला सुवेदी तथा (ख) मा बखानसिंह तमुलाई इन्चार्ज र कल्पना पाण्डेलाई संयोजक तोकेको छ ।

क्षेत्र २ मा सुमन देवकोटा इन्चार्ज बनेका छन् । संयोजक राजकुमार दुलाललाई बनाइएको छ । प्रदेशतर्फ (क) मा गंगा पोखरेल इन्चार्ज र रुद्र गौतम संयोजक तथा (ख) मा मेखबहादुर विक इन्चार्ज र जुवेदा खातुन संयोजक छन् । क्षेत्र ३ को इन्चार्ज रामजी बराललाई तोकिएको छ भने भीमबहादुर विक संयोजक बनेका छन् । प्रदेशमा (क) इन्चार्ज आशमान रोका र संयोजक नवराज भण्डारी तथा (ख) मा दुर्गा विक इन्चार्ज र त्रिभुवन पौडेल संयोजक छन् । अन्नपूर्ण गाउँपालिमा दुर्गादत्त भण्डारी, मादीमा लालबहादुर गुरुङ र रुपामा अमरदीप पराजुलाईले इन्चार्ज जिम्मेवारी पाएका छन् । माछापुच्छ«े गाउँपालिकामा भने टुंगाउन बाँकी छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आगामी मंसिर ४ एकै चरणमा हुँदैछ ।

Related News

सम्बन्धित समाचार

hero news full width