नारायण शाहीलाई सहारा खेलकुद पत्रकारिता पुरस्कार

आदर्श समाज सम्वाददाता
भाद्र २७, २०७९
narayan shahi

पोखरा, भदौ २७ । यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार नारायण शाहीलाई प्रदान गरिने भएको छ ।

मोफसलकै प्रतिष्ठित क्लब सहारा क्लब पोखराले बर्सेनि प्रदान गर्दै आएको सो पुरस्कारका लागि प्रतिभा छनोट समितिले उनको नाम सिफारिस गरेकोमा क्लबको कार्यकारिणी समितिको बैठकले अनुमोदन गरेको हो । पुरस्कार राशि २० हजार ५ सय ५५, दोसल्ला र सम्मानपत्र रहेको छ ।

काठमाडौंबाट २०५३ सालदेखि पत्रकारिता सुरु गरेका उनी करिब १५ वर्षदेखि पोखरालाई कार्यक्षेत्र बनाउँदै आएका छन् । जनसम्मत डटकमका सम्पादक उनी एभरेष्ट मिडिया हाउसमा समेत कार्यरत् छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी कार्यसमिति सदस्य पत्रकार शाहीको स्थायी घर तनहुँको भानु हो ।

अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको थियो । सदस्यमा पत्रकार महासंघ कास्की कावा अध्यक्ष रामप्रसाद तिमिल्सिना, क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङ, कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष तोरणबहादुर बानियाँ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराल, क्लबका पूर्व अध्यक्ष एवं सल्लाहकार सभापति केशवबहादुर थापा, सल्लाहकार दीपेन्द्र श्रेष्ठ, पदेन सदस्यमा क्लब अध्यक्ष हरिराम गुरुङ (सुरज) र महासचिव रामजीप्रसाद अधिकारी थिए।

सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट यसअघि १६ जना सम्मानित भइसकेका छन् । सम्मानित हुनेमा कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, प्रेमनारायण न्यौपाने, राम गुरुङ, दीननाथ बराल, प्रदीप पौडेल, एकराज गिरि, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबि आस्था, सुरज श्रेष्ठ, विजय नेपाल, सन्देश श्रेष्ठ, इन्द्रप्रसाद पौडेल र दीपक परियार हुन् ।

कास्की जिल्लालाई कार्यक्षेत्र बनाई खेलकुद बिटलाई प्राथमिकता दिई कम्तीमा १० वर्षदेखि पत्रकारितामा क्रियाशील हुनुपर्ने लगायत पुरस्कारको मापदण्ड कायम गरिएको छ । यसैबीच, क्लबले सहारा उत्कृष्ट सदस्य पुरस्कार २०७८ बाट सिद्धार्थ थापालाई पुरस्कृत गर्ने क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

क्लबको वार्षिकोत्सव अवसरमा यही भदौ ३० गते पोखरा १७, दोबिल्लास्थित सहारा एकेडेमीमा पुरस्कार वितरण गरिनेछ ।

Related News

सम्बन्धित समाचार

  • गठबन्धन निरन्तर

    रासस मंसिर १९, २०७९
    काठमाडौं ।  पाँचदलीय सत्ता गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको नतिजाले गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको निष्कर्ष निकालेको…
  • दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    पोखरा, १९ मंसिर । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे (राजीव गुरुङ) नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका…
  • प्रत्यक्षतर्फ प्रदेशसभा : कांग्रेस १११ स्थानसहित पहिलो

    रासस मंसिर १९, २०७९
    काठमाडौं । सातवटै प्रदेशसभाको तीन सय ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भएको छ । प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस चार…
  • प्रत्यक्षतर्फको मतगणना सकियो, कांग्रेसलाई ५७, एमालेलाई ४४ सिट

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    पोखरा । प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना सकिएको छ। सोमबार बिहान दोलखामा नेकपा माओवादी केन्द्र विजयी भएसँगै मतगणना सकिएको हो। प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका…
  • छोरी जन्मिए बैंक खातामा ५ हजार

    आदर्श समाज सम्वाददाता मंसिर १९, २०७९
    नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए ५ हजार नगद सहितको बैंक खाता उपहार दिन थालेको छ । गाउँपालिकाले ‘हाम्रो…

hero news full width