पोखरा । पोखराको गैह्रापाटनस्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा नाटक ‘सुनकेशरी’ को मञ्चन सुरु भएको छ । शुक्रबारदेखि सुरु भएको संस्कृतिविद् सत्यमोहन जोशीद्वारा लिखित नाटक असोज १ गतेसम्म चल्नेछ ।
मण्डला थिएटर नेपालद्वारा सञ्चालित थिएटर ल्याब दशौं ब्याचका प्रशिक्षार्थीको प्रस्तुतिमा नाटक मञ्चन हुने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए । नाटक हरेक दिन साँझ ५ बजे र शनिबार अतिरिक्त दिउँसो १ बजे नाटक मञ्चन हुनेछ । पोखरा थिएटरको आयोजनामा मण्डला थिएटर नेपालले मञ्चन गरेको नाटकमा गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान र पोखरा महानगरपालिका वडा नम्बर ४ को सहकार्य छ ।
सुनकेशरी कर्णाली प्रदेशको प्रचलित लोक कथामा आधारित नाटक हो । एक युवतीले आफ्नो सुन्दरताका कारण भोग्नुपरेका तितामिठा संघर्ष तथा अनुभवको कथालाई नाटकमा चित्रण गरिएको छ । लेखक जोशीले वि.सं. २०२७ मा कर्णालीमा सम्पन्न लोक संस्कृति सर्वेक्षणको क्रममा कथावस्तु संकलन गरेका थिए । जनजिब्रोमा जीवन्त कथालाई नाटकीय रूप दिइएको हो ।
एक दशकअघि मण्डला थिएटरले राजन खतिवडाकै निर्देशनमा मञ्चन गरेको यो नाटक नेपालका साथै भारत र बंगलादेशमा पनि मञ्चन भइसकेको छ । पोखरा थिएटरका अध्यक्ष परिवर्तनले लोक कथामा आधारित नाटकले पोखरेली नाट्यप्रेमी दर्शकको माया पाउने दाबी गर्दै पोखरामा मञ्चन हुनु खुसीको कुरा भएको र सबै नाट्यप्रेमी हेरेर प्रतिक्रिया दिन आग्रह गरे ।
नाटकमा प्रीतिसा अधिकारी, कृष्ण चौधरी, परीक्षा लिम्बु, खगेन्द्र साउद, रीता सैंजु, सुवास गिरी, मिलन कार्की, सुजिता सिवाकोटी, बलबहादुर राई, सञ्जीवजंग क्षेत्री लगायतको अभिनय रहनेछ । प्रत्यक्ष संगीतमा अंकित खड्का, सागर खाती, मिलन कार्की, सुदीप खतिवडा र विक्रम श्रेष्ठले साथ दिनेछन् । यो नाटकको परिकल्पना तथा निर्देशन राजन खतिवडाले गरेका हुन् ।
Related News
सम्बन्धित समाचार
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
कांग्रेस पोखरा महानगरका संस्थापक सभापति रेग्मीको स्मृति ग्रन्थ लोकार्पण
hero news full width
मुख्य समाचार
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
के छ रवी लामिछानेको मुद्दामा सर्वोच्चको पूर्ण पाठ
माघ १३, २०७९रवि लामिछानेको सांसद पद खारेज
माघ १३, २०७९अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
माघ १३, २०७९आजको माैसम : तराईमा हुस्सु लाग्ने, गण्डकीमा आंशिक बदली
माघ १३, २०७९टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
माघ १२, २०७९