मदन भण्डारी स्मृति कप फुटबल सुरु

आदर्श समाज सम्वाददाता
भाद्र २५, २०७९
Gaidakot newsg

गैंडाकोट । गैंडाकोटमा शुक्रबारदेखि प्रथम गैंडाकोट मदन भण्डारी स्मृति कप फुटबल प्रतियोगिता सुरु भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमी गैंडाकोटले आयोजना गरेको प्रतियोगिताको नगरप्रमुख मदनभक्त अधिकारीले खेलाडीलाई फुटबल हस्तान्तरण गरी उद्घाटन गरे ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ मदन भण्डारी सेभेन ए साइड नक आउट फुटबल प्रतियोगितामा ३५ टिमले प्रतिस्पर्धा गर्ने आयोजक संस्थाका सल्लाहकार सदस्य नवराज कँडेलले जानकारी दिए ।

यो गैंडाकोटकै सबैभन्दा ठूलो पुरस्कार राशि भएको फुटबल प्रतियोगिता हो । जसको प्रथम पुरस्कार ट्रफीसहित १ लाख ११ हजार १ सय ११ र द्वितीय पुरस्कारमा ट्रफीसहित ५५ हजार ५ सय ५५ रुपैयाँ रहेको मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष नरेश थापाले बताए । गैंडाकोट ६ मा रहेको भाग्योदय आधारभूत विद्यालय नजिकको खेलमैदानमा भएको प्रतियोगिता शुक्रबारदेखि एक हप्तासम्म चल्ने छ ।

प्रतियोगितामा नवलपुर, चितवन, तनहुँ, नवलपरासी र मकवानपुरका फुटबल क्लबहरुले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै नगरप्रमुख मदनभक्त अधिकारीले स्व. मदन भण्डारी राष्ट्रकै सम्पत्ति भएकाले उनकै स्मृतिमा फुटबल प्रतियोगिता आयोजना गर्नु सराहनीय भएको बताए । समारोहमा जिल्ला खेलकुद महासंघ नवलपुरका अध्यक्ष सेतमान पुनले खेलहरुमध्ये फुटबल संसारकै लोकप्रिय खेल भएकाले बलियो हुन र स्वस्थ्य हुन पनि खेल आवश्यक भएको बताए ।

Related News

सम्बन्धित समाचार

  • वागमतीलाई बहिरा महिला फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता फागुन २५, २०८०
    पोखरा। बहिरा महिला फुटबलको उपाधि वागमती प्रदेशले जितेको छ । बहिरा फुटबल खेल क्लब, पोखराको आयोजनामा शुक्रबार पोखरा रंगशालामा भएको…
  • आर्मी आहारारा गोल्डकपको नयाँ च्याम्पियन

    आदर्श समाज सम्वाददाता माघ २०, २०८०
    पोखरा। त्रिभुवन आर्मी क्लबले २३ औं आहा रारा पोखरा गोल्डकपको उपाधि चुम्न सफल भएको छ । शनिबार फाइनलमा पाँचौं पटकसम्मको…
  • आहा रारा पोखरा गोल्डकपकाे कस्ले जित्ला उपाधि ?

    आदर्श समाज सम्वाददाता माघ १९, २०८०
    पोखरा। पोखरा रंगशालामा जारी २३ औं आहा रारा पोखरा गोल्डकपको शनिबार थ्रीस्टार र विभागीय त्रिभुवन आर्मी क्लबबीच उपाधि भिडन्त हुँदैछ…
  • आर्मी पाँचौं पल्ट फाइनलमा

    आदर्श समाज सम्वाददाता माघ १८, २०८०
    पोखरा। विभागीय त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकपको फेरि फाइनल प्रवेश छ । २३ औं आहा रारा पोखरा गोल्ड…
  • थ्रिस्टार फाइनलमा, दीपेशको निर्णायक गोल

    आदर्श समाज सम्वाददाता माघ १७, २०८०
    पोखरा। थ्रिस्टार आहा रारा गोल्डकपको फाइनल प्रवेश गरेको छ । बुधबार पहिलो सेमिफाइनलमा जावलाखेललाई १–० गोलअन्तरले हराउँदै उपाधि नजिक पुगेको…

hero news full width