स्कुटर लाइसेन्सको ट्रायलमा नक्कली परीक्षार्थी, परिन् प्रहरीको फन्दामा

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०७९
lisence
पोखरा । अर्कैका नाममा स्कुटर लाइसेन्सको ट्रायल दिने नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र कास्कीबाट भदाै २२ गते संचालन गरिएको वर्ग K- Scooter को ट्रायल परीक्षामा सक्कली परीक्षार्थी तनहुँको भानु न. पा. वडा नं.२ निवासी मञ्जु पाण्डेको ट्रायल परीक्षामा सहभागी नक्कली परीक्षार्थी मकवानपुर घर भई हाल पोखरा ८ सभागृह चोक बस्ने वर्ष २६ की निर्मला विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हाे ।
उक्त परीक्षा दिन लगाउने जिल्ला तनहुँ भानु न.पा. वडा नं. ४ घर भई जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१७ घारीपाटन बस्ने वर्ष ३५ की निरा रानाभाटलाई पनि प्रहरी टोलीले पक्राउ गरी कास्की जिल्ला अदालतबाट शिक्षा ऐन सम्बन्धी कसुरमा दिन पाँच (५) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width