बलात्कारको आरोप लागेका सन्दीप लामिछाने निलम्बन

आदर्श समाज सम्वाददाता
भाद्र २३, २०७९
Sandip lamichhane

पोखरा, २३ भदौ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ ।

उनीविरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएकोमा बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी समेत जारी गरेपछि क्यानले बल्ल निलम्बन गरेको हो ।

क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय गरेको हो । अदालतले पक्राउ पुर्जी समेत जारी गरिसकेकाले उनलाई निलम्बन गरेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width