प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन असोज २३ गते हुने   

आदर्श समाज सम्वाददाता
भाद्र २३, २०७९
election comission

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।

स्वीकृत कार्यक्रमअनुसार आगामी असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने, असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका रहेको छ ।

यस्तै असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने र असोज २६ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने एवं उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेगरी तोकिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । यी सबै निर्वाचन कार्यक्रम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा सञ्चालन हुनेछन् ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीमा नाम समावेश भएको व्यक्ति प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार हुन नपाउने व्यवस्था विद्यमान निर्वाचन कानूनमा रहेको छ ।  रासस

Related News

सम्बन्धित समाचार

  • प्रमुखज्यूसँग भेटघाट : समस्या सुनाउँदै, आशावादी बन्दै

    धनबहादुर गुरुङ असाेज १०, २०७९
    पोखरा । पोखरा १५ की देवकी विक प्रसन्न मुद्रामा न्युरोडस्थित पोखरा महानगरपालिका कार्यालयको प्रांगणमा भेटिइन् । मेयर धनराज आचार्यलाई आफ्नो…
  • कर फिर्ताको निर्णयमा गण्डकी कांग्रेसको स्वागत

    आदर्श समाज सम्वाददाता असाेज ९, २०७९
    पोखरा । नागरिकको मागलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकारले करका दर समायोजन गरेकामा नेपाली कांग्रेस गण्डकीले स्वागत गरेको छ ।…
  • गण्डकी सरकारले घटायो करका दर, २ अध्यादेश पारित

    आदर्श समाज सम्वाददाता असाेज ८, २०७९
    पाेखरा । गण्डकी प्रदेश सरकारले नागरिकको आवाज सम्बोधन गर्दै करका दरमा पुनावलोकन गर्ने लगायत ३ महत्वपूर्ण निर्णय गरेको छ । असोज…
  • नागरिकताका लागि संघर्ष

    धनबहादुर गुरुङ असाेज ८, २०७९
    पोखरा । नेपालका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (पारलैंगिक) मध्ये ‘अन्य’ लैंगिक पहिचानबाट १ सय ८३ जनाले नागरिकता लिइसकेका छन्…
  • पहिलोपल्ट पम्प सिस्टममा बिजुली

    आदर्श समाज सम्वाददाता असाेज ७, २०७९
    पोखरा । नेपालमै पहिलो पटक पम्पिङ प्रणालीबाट विद्युत उत्पादन पोखरामा गरिने भएको छ । पम्पबाट पानी तानेर इन्टेकमा स्टोर गर्ने…

hero news full width