पल शाहलाई  बलात्कार मुद्दामा सफाइ,  बाल यौन दुरुपयोगमा साढे २ वर्ष कैद

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०७९
pal shah

नवलपुर । जबरजस्ती करणी आरोपमा मुद्दा खेपेका अभिनेता पल शाहले जबरजस्ती करणीको मुद्दामा सफाइ पाएका छन् । उनलाई नवलपुर जिल्ला अदालतले जबरजस्ती करणीको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगको अभियोगमा साढे २ बर्ष कैद सुनाएको छ ।

मंगलबार नवलपुर जिल्ला अदालतको २ नम्बर इजलासमा भएको फैसलामा न्यायाधीश यज्ञप्रसाद आचार्यले अभिनेता पल शाहलाई बालगायिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सफाई दिंदै बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे २ बर्ष कैद सुनाएका हुन् ।

त्यसैगरी पल शाहलाई पीडित बालिकालाई १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना समेत फैसला गरेको नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए ।

नवलपुर जिल्ला अदालतले जबरजस्ती करणीमा सफाइ दिंदै बाल यौन दुव्र्यवहारमा दोषी ठहर गरे पनि तनहूँ जिल्ला अदालतको फैसला भने आउन बाँकी छ । तनहुँ जिल्ला अदालतले उनलाई सफाई दिए पनि अभिनेता शाह नवलपुर जिल्ला अदालतको आदेशमा कम्तिमा साढे २ बर्ष जेल बस्नु पर्ने छ ।

पीडित बालिकालाई १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना

त्यसैगरी नवलपुर जिल्ला अदालतले बालगायिकाको अभिभावकले जाहेरी र अदालतमा दिएको बयान फरक गरेका कारण १ पटकलाई सचेत गराउने काम गरेको छ भने सञ्चार माध्यमलाई पनि सत्यतत्य बुझेर मात्र समाचार सम्प्रेशण गर्न सचेत गराएको सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width