पोखरामा प्रदेशस्तरीय पावरलिफ्टिङ

आदर्श समाज सम्वाददाता
भाद्र २०, २०७९
Power lifting news

पोखरा, २० भदौ । पोखरामा आयाजित प्रदेशस्तरीय हिमालयन यती पावरलिफ्टिङ च्याम्पियनसिपमा पुरुषतर्फ रानीपौवा स्पोर्ट्स सेन्टरका टेकेन्द्र गुरुङले च्याम्पियन भएका छन् । कास्की जिल्ला पावरलिफ्टिङ संघद्वारा पोखरा रंगशालामा आयोजित प्रतियोगितामा विभिन्न तौल समूहमा २८ पुरुष र १६ महिलाले भाग लिएका थिए । टेकेन्द्रले ८३.१ देखि ९३ केजी तौल समूहबीचको प्रतिस्पर्धामा ५ सय ५० केजी तौल उठाएर स्वर्ण हात पारेका हुन् ।

बुल्स जिमका चेतबहादुर थापा (४४० केजी) रजत, अरबिन्द थापा (४३५ केजी) कास्य पदक जिते । ६६.१ देखि ७४ केजी तौल समूहमा रानीपौवा स्पोर्ट्स सेन्टरकै करण ताज्याले स्वर्ण जिते । उनले ४९० केजी तौल उठाए । विकास गुरुङले ३८० केजी उठाएर रजत र पावर जिमका रमजन अलिले ३७० उठाएर कास्य हात पारे ।

७४.१ देखि ८३ केजी तौल समूहमा ड्रिम जिमका सुरज पौडेलले ४६७.५ तौल उठाएर स्वर्ण, बार स्क्वाडका जस्पेर गुरुङले ४४५ केजी उठाएर रजत र बबिन पुनले ४३० केजी उठाएर कास्य जिते ।

त्यस्तै, ५९.१ देखि ६६ केजी तौल समूहमा क्रमशः विवेक गुरुङ (४४० केजी), विवेक खड्का (४०२.५ केजी ) र मौलादिन मियाँ (३२० केजी) पहिलो, दोस्रो र तेस्रो भए ।

५९ केजीभन्दा कममा किसन गुरुङ (३४२.५ केजी), सन्देश गुरुङ (३४०केजी) र युनिक गुरुङ (३१२.५ केजी) क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । ९३ केजीभन्दा बढी तौल समूहमा रानीपौवा स्पोर्ट्स सेन्टरका सनिस श्रेष्ठले समग्रमा ५४० केजी तौल उठाएर स्वर्ण पदक हात पारे । त्यस्तै, सुमिन परियार (४५७.५ केजी) र प्रथम श्रेष्ठ (४५२.५ केजी) क्रमशः दोस्रो र तेस्रो भए ।

महिलातर्फ भएको ६३ केजीभन्दा बढी तौल समूहमा व्यायामशालाका शर्मिला शाह (३९० केजी) ले स्वर्ण पदक जितिन् ।

त्यस्तै, सरस्वती गुरुङ (३३२.५ केजी ) र गुडु थापा (३२३ केजी) दोस्रो र तेस्रो भए । ५५.१ देखि ६३ केजी तौल समूहमा क्रमशः लक्ष्मी रानामगर (२७५ केजी), एनिमाया दर्जी (२४४ केजी) र सोनी गुरुङ (२४१ केजी) क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

त्यस्तै, ५५.१ देखि ६३ केजी तौल समूहमा लक्ष्मी रानामगर (२७५ केजी), एनिमाया दर्जी ( २४४ केजी) र सोनी गुरुङ (२४१ केजी) क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । ५५ केजीभन्दा कम तौल समूहमा क्रमशः सपना गुरुङ (२७७.५ केजी), पदमा थापा (२७० केजी) र सुस्मिता पौडेल (२२३ केजी) क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

यसअघि प्रतियोगिता उद्घाटन गर्दै राखेप सदस्य राजेश गुरुङले पावरलिफ्टिङ खेलको विकासमा आफू लाग्ने प्रतिबद्धता जनाए । समापनमा कास्की जिल्ला पावरलिफ्टिङ संघ अध्यक्ष हसन गुरुङले यस्ता प्रतियोगिताले खेलको प्रवद्र्धन हुने र यससम्बन्धी खेलाडीहरुले प्लेटफर्म पाउने बताए ।

Related News

सम्बन्धित समाचार

  • तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    लमजुङ । ‘सुखी गाउँ’ घलेगाउँमा नयाँ वर्ष अवसरमा सञ्चालित सातौं स्मार्ट भिलेज गोल्ड फुटबल कप उपाधि तनहुँको फ्रेन्डसीप क्लबले जितेको…
  • लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास…
  • वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    लमजुङ । क्ब्होलासोथार गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिताको उपाधि पुरूषतर्फ वडा ४ ले हात पारेको छ । गाउँपालिकाको…
  • ढोलाहिटीलाई फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । ढोलाहिटी फ्रिडमले दोस्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।…
  • बुद्ध विशालको फुटसल प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन पोखराले आफ्ना व्यवसायीबीच सातौं आन्तरिक फुटसल प्रतियोगितामा राजेश खाँडको समूह विजयी भयो ।…

hero news full width