एमाले कास्कीमा उम्मेदवार खोजी

पूर्व गृहमन्त्री अधिकारी प्रदेशका आकांक्षी, अधिकांश पूर्व वडाध्यक्षको दाबी

आदर्श समाज सम्वाददाता
भाद्र १९, २०७९
cpn

पोखरा । पूर्व गृहमन्त्री तथा प्रतिनिधिसभा सांसद खगराज अधिकारीले प्रदेशसभामा चुनाव लड्नका लागि नाम टिपाएका छन् । कास्की क्षेत्र १ (क) बाट उनले उम्मेदवारी दिन लागेका हुन् । एमालेले उम्मेदवारहरुको नामावली संकलन गरिरहेको छ । अधिकारीले प्रदेशसभामा चुनाव लड्न आवेदन दिएका एमालेले जनाएको छ । उनीसँगै उक्त क्षेत्रबाट ४ जनाको नाम परेको छ । टीकाराम पंगेनी, विष्णु पुन र तिलकुमारी थापाले प्रदेशबाट प्रत्यक्ष चुनावमा प्रतिस्पर्धा गर्न आकांक्षा देखाएका हुन् ।

कास्की क्षेत्र १ (ख) बाट ५ जनाको नाम सिफारिस भएको छ । मादी गाउँपालिकाका पूर्व अध्यक्ष वेदबहादुर गुरुङ (श्याम), एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ, नेताहरु रोमबहादुर कार्की, दीपक तामाङ र इन्दिरा आचार्यको नाम सिफारिस भएको एमाले कास्कीका सचिव वैनबहादुर अधिकारीले जानकारी दिए ।

सबैभन्दा बढी आकांक्षी क्षेत्र २ (क) मा हो । एउटै क्षेत्रबाट १५ जनाले आकांक्षा देखाएका हुन् । एमालेका निवर्तमान कास्की इन्चार्ज भीमबहादुर कार्की, पत्रकार अर्जुन गिरी, नेताहरु युवराज पौडेल, भेषराज बराल, विद्या विमल बराल, देवीप्रसाद बस्याल, महेन्द्र उपाध्यायले नाम टिपाए । यस्तै, तेजनारायण अधिकारी, प्रकाश पौडेल, तीर्थराज अधिकारी, सुवाष ढुंगाना, रघुनाथ भण्डारी, गणेश श्रेष्ठ, पार्वती कार्की र रश्मि आचार्यले प्रत्यक्ष चुनाव लड्न आकांक्षा देखाएका हुन् ।
२ (ख) बाट परशुराम बराल, दामबहादुर बानियाँ, जीवन आचार्य, सञ्जीव कोइराला, बलराम आचार्य, बलराम गायक, मीना गुरुङ र मीनाकुमारी गुरुङले प्रदेशसभा सांसदका लागि चुनाव लड्न आकांक्षी बनेका हुन् ।

क्षेत्र ३ (क) बाट १४ जनाको नाम सिफारिस भएको छ । दामोदर बैरागी, लालबहादुर परियार, मेयरको टिकट खोसिएका दीपक पौडेल, नन्दलाल अधिकारी, माधव बास्तोला, राजेन्द्र गौतमले नाम पार्टीलाई बुझाए । यस्तै, सूर्यप्रसाद लम्साल, केशवशरण पौडेल, दुर्गादत्त पोखरेल, प्रेमदेवी परियार, शारदाकुमारी पराजुली, यदुनाथ अधिकारी, रमेश कार्की र शोभामोहन पौडेलले उम्मेदवार बन्नका लागि नाम टिपाएका हुन् । ३ (ख) बाट हालका सांसद राजीव पहारीसहित ६ आकांक्षी छन् । ओम सुवेदी, शिव अधिकारी, दीलिप विक्रम शाही, सन्तोष परियार र संगीता सुवेदीको नाम सिफारिस गरिएको हो ।

उम्मेदवारको आकांक्षा देखाउनेमा अधिकांश गाउँपालिकाका पूर्व अध्यक्ष र वडाका पूर्व अध्यक्षहरु छन् । १ (ख) बाट दाबी गरेका वेदबहादुर गुरुङ मादी गाउँपालिकाका पूर्व अध्यक्ष हुन् । मनबहादुर हालका सांसद हुन् । २ (क) का आकांक्षी तीर्थ पोखरा १७ र प्रकाश पोखरा १५ का पूर्व वडाध्यक्ष हुन् । २ (ख) का जीवन पोखरा १६, मीना गुरुङ बहालवाला सांसद हुन् । ३(क) का शारदा पोखरा १ र शोभामोहन पोखरा १९ का पूर्व वडाध्यक्ष हुन् । ३(ख) का ओम सुवेदी पोखरा २४ का पूर्व अध्यक्ष हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width