यामाहाको माइलेज च्यालेन्ज

आदर्श समाज सम्वाददाता
भाद्र १८, २०७९
Yamaha

पोखरा । भिएडब्लु इन्टरप्राइजेज यामाहा पोखराले शनिबार माइलेज च्यालेन्ज गरेको छ । पेट्रोल मूल्य अकासिंदो रहेको बेला यामाहाको रेजेडआर १२५ एफआई स्कुटरको माइलेज प्रतिलिटर ५८ किमी रहेको दाबी गरिएको छ ।

सो दाबी प्रमाणित गर्न ४० जना ग्राहकको सहभागितामा माइलेज च्यालेन्ज भएको हो । पोखराका विभिन्न भाग परिक्रमा गरी उनीहरु हेमजाको रिभर भ्याली रिसोर्ट पुगेका थिए ।
र्‍यालीमा श्यामप्रसाद पोखरेल विजेता बनेका छन् । उनले प्रतिलिटर ७२.७७ किमी पाएका थिए । प्रतिलिटर ७१.७२ किमी हित अर्जुनबहादुर मगर र प्रतिलिटर ७०.८२ किमी जेतिश धोजु क्रमशः दोस्रो र तेस्रो भए ।

यसैबीच, भदौ १९ देखि २४ सम्म पोखरा रंगशालामा यामाहा मेला हुन लागेको भिएडब्लु इन्टरप्राइजेज पोखराका म्यानेजर सुरेन्द्र रेग्मीले जानकारी दिए । मेलामा ग्राहकलाई दसैं स्कीम दिइनेछ ।

Related News

सम्बन्धित समाचार

  • पोखराबाट अथर स्कुटरको बिक्री सुरु

    आदर्श समाज सम्वाददाता फागुन १३, २०८०
    पोखरा । एथर इलेक्ट्रिक स्कुटर पोखरामा बिक्री सुरु भएको छ । एथरका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता अटोवेज प्रालिमा शनिबार…
  • अर्थ मन्त्रीसँग सवारी साधनहरुको रिएक्सपोर्टको सम्बन्धमा छलफल

    आदर्श समाज सम्वाददाता पौष १२, २०८०
    पोखरा । नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले माननीय अर्थ मन्त्री श्री प्रकाशशरण महतसंग अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा…
  • पोखरामा देशकै ठूलो अटो मेला

    आदर्श समाज सम्वाददाता मंसिर २४, २०८०
    पोखरा। नेपालमा विद्युतीय गाडीहरूको माग बढेको छ । विद्युतीय गाडी (इभी) प्रवद्र्धनको सरकारी नीति एवं इन्धनमा गरिने खर्च बचतका कारण…
  • पोखरामा सिट्रोनको अत्याधुनिक सोरुम

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । पोखरामा सिट्रोन कारको शोरुम सञ्चालनमा आएको छ । पोखरा क्षेत्रका लागि आधिकारिक बिक्रेता एसएसएल मोटर्सको सोरुम पोखराको नयाँबजारमा…
  • सामुदायिक विद्यालयलाई बस किन्न अटोवेजको सहयोग

    आदर्श समाज सम्वाददाता श्रावण ३२, २०८०
    पोखरा । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न भारतबाट ६ वटा स्कुल बस नेपाल ल्याइएको छ । अटोवेज प्रालिको सहयोगमा…

hero news full width