ग्रिन डेभलपमेन्ट बैंक दशौं वर्षमा

आदर्श समाज सम्वाददाता
भाद्र १०, २०७९
green

पोखरा । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेन्ट बैंक लि. दशौं वर्षमा प्रवेश गरेको छ । बैंकले वार्षिकोत्सव अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी स्थापना दिवस मनायो ।

बैंकले यस अवसरमा पोखरा २८ स्थित वनपाले सामुदायिक वन उपभोक्ता समुहमा वृक्षारोपण, केन्द्रीय कार्यालयमा रक्तदान र बागलुङको हनुमान नाच संरक्षण परिषद् तथा रंकबैंकटेश्वर मुक्तिनारायण मन्दिरलाई आर्थिक सहयोग गरेको छ ।

रक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको बैंकका कर्जा विभाग प्रमुख संयुक्तबहादुर ध्वाखाले बताए । यस्तै, पोखरा–२८ मा विभिन्न जातका बिरुवा रोपियो । वडाध्यक्ष श्रीकृष्ण लामिछानेको प्रमुख आतित्थयमा भएको कार्यक्रको अध्यक्षता सामुदायिक वनका अध्यक्ष मंगल नेपालीले गरेका थिए ।

यस्तै, बागलुङमा हनुमान् नाच संरक्षण परिषद्लाई ३५ हजार तथा त्यहाँको रंकबैंकटेश्वर मुक्तिनारायण मन्दिरलाई २५ हजार ५ सय सहयोग गरिएको हो । कार्यक्रममा बैंक अध्यक्ष गणेशकुमार श्रेष्ठले बैंकको व्यवसाय वृद्धिसँगै सामाजिक उत्तरदायित्वका कार्य अगाडि बढाएको बताएका थिए । १० वर्षअघि बागलुङमा केन्द्रीय कार्यालय स्थापना गरेको बैंक आज विभिन्न जिल्लामा १६ वटा शाखा कार्यालय विस्तार गरेको र १ सय बढी कर्मचारीलाई रोजगारी दिएको उनले बताए ।

बैंकले वार्षिकोत्सव अवसरमा ५ वर्ष ९ महिनामा दोव्वर हुने मुद्दति योजना तथा १० वर्षमा दोव्वर र मासिक ६ प्रतिशत व्याज समेत प्राप्त हुने मुद्दति योजना सार्वजनिक गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width