‘पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको खाँचो’

आदर्श समाज सम्वाददाता
भाद्र ९, २०७९
sining star

पोखरा । पोखराको पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको खाँचो रहेको एक कार्यक्रमका वक्ताहरुले औंल्याएका छन् । दक्ष युवाशक्ति विदेश पलायन हुने समस्याले अब यहाँको पर्यटन क्षेत्रमा नयाँ र दक्ष जनशक्ति चाहिनेमा उनीहरुले जोड दिए ।

पोखराको लेकसाइडस्थित साइनिङ स्टार बोर्डिङ स्कुलमा विद्यार्थीहरुको स्वागत एवं बिदाई कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन् ।

रेवान पोखराका निवर्तमान अध्यक्ष लक्ष्मण बरालले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको निकटमा रहेको जनाउँदै त्यसपछि पर्यटक आगमनमा वृद्धि हुने अपेक्षा व्यक्त गरे । यस्तोमा यहाँ भइरहेका जनशक्तिले मात्रै नपुग्ने उनको भनाइ थियो ।

युवा पर्यटन व्यवसायी बर पीपल रिसोर्टका सञ्चालक जितु गुरुङले अब स्कुल कलेजहरुले पर्यटनमैत्री शिक्षामा जोड दिनुपर्ने उल्लेख गरे ।

पोखरा विश्वविद्यालयका उपप्रध्यापक युवराज त्रिपाठीले विद्यार्थीलाई कितावी ज्ञानसँगै व्यावहारिक शिक्षा पनि महत्वपूर्ण हुने बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य फत्तबहादुर थापा, सल्लाहकार विष्णुहरि अधिकारी, तालवाराही मावि प्लस टु का संयोजक यदु पोखरेल, डा.सन्तोष कोइराला, एकेडमी अफ कफी एक्सिलेन्सका रिजनल म्यानेजर विनोद आचार्य, विद्यार्थीहरु प्रवीणा पौडेल, सन्दीप नेवार, सेविका राई लगायतले बोलेका थिए ।

यसैबीच कक्षा ११ मा भर्ना भई आएका नयाँ विद्यार्थीको स्वागत तथा १२ को परीक्षा दिएका विद्यार्थीलाई शुभकामनासहित बिदाइ गरिएको थियो । विद्यालय प्रधानाध्यापक अर्जुन पाण्डेले विद्यालयले शैक्षिक गतिविधिसँगै खेलकुद, मनोरञ्जनात्मक कार्यक्रम तथा अन्य अतिरिक्त कार्यक्रमलाई विद्यालयले महत्व दिएको बताए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बबिता भण्डारीको अध्यक्षतामा भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width